श्रावण २, २०८२ शुक्रबार July 18, 2025

युक्रेन युद्धको प्रभाव – शरणार्थीको खाद्यान्नमा आधा कटौती हुने

अप्रिल १ देखि खाद्यान्न सहायता रासन आधा कटौती गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वी कङ्गोको हिंसाबाट भागेर आएका कङ्गोली नागरिक रहेको बुरुन्डीस्थित शरणार्थीका लागि अप्रिल १ देखि खाद्यान्न सहायता रासन आधा कटौती गरिने विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बिहीबार घोषणा गरेको छ ।

“करिब ५६ हजार कङ्गोली शरणार्थीहरूले बुरुन्डीका पाँच शिविरहरूमा खाद्य आवश्यकताको लागि कोषको कमीको कारण चाँडै नै उनीहरूलाई आवश्यक पर्ने खाद्यान्नको आधा मात्र सहयोग त्यहाँ जानेछ,” संयुक्त राष्ट्रसङ्घीय निकाय विश्व खाद्य कार्यक्रमले भनेको छ ।

कार्यक्रमका अनुसार ग्रेट लेक्स क्षेत्रमा रहेको भूपरिवेष्ठित अफ्रिकी मुलुकमा युएनएचसीआरले हाल करिब ८५ हजार शरणार्थी र शरणार्थीलाई आश्रय दिइरहेको छ । अधिकांश शरणार्थी छिमेकी प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट आएका छन्, जुन देशको पूर्वी भाग विद्रोहको चपेटामा छ ।

Refugees in Uganda: Funding shortfall forces cut to UN food rations -  InfoMigrants

विश्व बैंकले बुरुन्डीलाई प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको आधारमा विश्वको सबैभन्दा गरिब राष्ट्रको सूचीमा राखेको छ ।

डब्लुएफपीका अनुसार अहिलेसम्म उसले प्रत्येक शरणार्थीलाई दैनिक दुई हजार १०० किलोग्राम क्यालोरीको आवश्यकता पूरा गर्न ०.५५ अमेरिकी डलर बराबरको नगद वा खाना प्रदान गरेको छ ।

“शरणार्थीहरूले ‘चाँडै नै उनीहरूलाई आवश्यक पर्ने खाद्यान्नको आधा मात्र प्राप्त गर्नेछन्,” संयुक्त राष्ट्रसंघीय निकायले भनेको छ ।

डब्लुएफपीका बुरुन्डी प्रतिनिधि हुसेनो तालले भन्नुभयो, “हामी अहिलेसम्म प्राप्त सहयोगको सराहना गर्दछौं, तर हामीलाई आगामी छ महिनाका लागि ५६ mहजार शरणार्थीहरूलाई पूर्ण राशन खुवाउन तत्काल ७१ लाख अमेरिकी डलर को आवश्यकता छ । शरणार्थीहरू अत्यन्तै जोखिममा छन् ।”

युक्रेनमा जारी युद्धका कारण डब्लुएफपीले आर्थिक अभाव र खाद्यान्नको बढ्दो मूल्यको सामना गरिरहेको छ । यसका कारण डब्लुएफपीले बङ्गलादेशमा रोहिङ्ग्या शरणार्थीका लागि खाद्यान्न कटौती गरिसकेको छ ।

यसै महिनाको सुरुमा एजेन्सीले यमनमा यस वर्ष उठाइएको रकमको दोब्बरभन्दा बढी रकम आवश्यक पर्ने चेतावनी दिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार