वैशाख १३, २०८१ बिहिबार April 25, 2024

नेपालमा थप ३८ जनामा कोरोना पुष्टि – ७ जना संक्रमणमुक्त

सक्रिय संक्रमितको संख्या १७१ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना भाइरसको महामारी बढ्ने क्रममा रहेको छ । शनिबार ३८ जना संक्रमित थपिएका छन् । ११८ जनाको पीसीआर परीक्षणमा १५ जना संक्रमित पाइएका छन् । यो परीक्षणको १३ प्रतिशत हो ।

त्यस्तै ५३८ एन्टिजेन परीक्षणबाट २३ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेनबाट संक्रमित पाइएकाहरुको तथ्याङ्क राख्दैन । मन्त्रालय स्रोतका अनुसार एन्टिजेनको तथ्याङ्क सही पनि आउँदैन ।

जम्मा ७ जना संक्रमणमुक्त भएका छन् । थप ५१ हजार ९९८ जनाले खोप लगाएका छन् । सक्रिय संक्रमितको संख्या १७१ पुगेको छ । सरकारले सीमानाकामा कडाइ नगरेका कारण पनि अहिले तीव्र गतिमा संक्रमण फैलिएको छ । भारतमा तीव्र गतिमा संक्रमण फैलिएकाले नेपालमा पनि संक्रमण बढेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया