श्रावण १२, २०८१ शनिबार July 27, 2024

महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी

अर्को हप्तादेखि सेवा सञ्चालन गर्ने गरी तयारीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको छ ।

अस्पताल प्रशासनले डायलासिस सेवा सञ्चालनका लागि भौतिक संरचना र जनशक्ति तयारी अवस्थामा राखेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले बताए । “स्वास्थ्य सेवा विभागका निर्देशक लगायतको टीमले अनुगमन गरेको छ”, अध्यक्ष भट्टले भने, “अर्को हप्तादेखि सेवा सञ्चालन गर्ने गरी तयारीमा लागेका छौँ ।”

उनले डायलासिस सेवाका लागि आवश्यक जनशक्ति माग गरेर अहिले तालिम गरिरहेको बताए ।

यसअघि बजेट अभाव र स्वास्थ्य सेवा विभागले डायलासिस सञ्चालनको अनुमति नदिँदा सेवा सञ्चालन हुन सकेको थिएन । “करिब एक करोडको लागतमा मेसिन खरिद गरेर अस्पतालमा तयारी अवस्थामा छ”, उनले भने, “तत्काललाई दुई चरणमा सेवा सञ्चालन गर्ने गरी तयारीमा लागेका छौँ ।”

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले अस्पतालमा सेवा सञ्चालनको तायरी भइरहेको बताए । “संघीय सरकारबाट आएको बजेट कटौती पनि भयो विभागबाट अनुमति पाउन समेत ढिलाइ भयो”, डा भट्टले भने, “अहिले प्रदेश सरकारको पनि सहयोग मिलेको छ सेवा छिट्टै सुरु हुन्छ ।”

महाकाली अस्पतालमा डायलासिस सेवा नहुँदा समस्या झेल्नुपरेको यहाँका सेवाग्राहीको गुनासो छ । “धनगढीको सेती अस्पतालमा मात्रै डायलासिस हुन्छ त्यहा बिरामीको चापले पालो पाउनै मुस्किल पर्छ”, स्थानीय गोपाल जोशीले भने, “हामीले बाध्य भएर उपचारका लागि भारत जानुपर्छ ।” उनले महाकाली अस्पतालमा सेवा पाए यहाँका थुप्रै बिरामीलाई सहज हुने बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार