श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अफगानिस्तान : तालिबानद्वारा तीन बेलायती नागरिक पक्राउ

रिचर्ड्सले केभिन र अर्को अज्ञात व्यक्तिलाई जनवरी ११ मा पक्राउ गरिएको खुलासा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अफगानिस्तानमा तालिबानले तीन बेलायती नागरिकलाई हिरासतमा राखेको छ ।

मानवअधिकारकर्मीसँग सम्बन्धित एउटा संस्थाले यसबारे बीबीसीलाई जानकारी दिएको छ । प्रिसिडियम नेटवर्कका स्कट रिचर्ड्सले ती मध्ये एकलाई मिडल्सब्रोका ५३ वर्षीय केभिन कर्नवेलको नाम दिएका छन् ।

रिचर्ड्सले केभिन र अर्को अज्ञात व्यक्तिलाई जनवरी ११ मा पक्राउ गरिएको बताए । यसै क्रममा अर्का बेलायती नागरिकलाई पनि फरक मितिमा पक्राउ गरिएको थियो । बेलायतको विदेश मन्त्रालयले यी तीन व्यक्तिलाई सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ ।

प्रिसिडियम नेटवर्क युकेमा आधारित गैर–लाभकारी संस्था हो जसले हिंसा र गरिबीको जोखिममा रहेका मानिसहरूलाई मद्दत गर्दछ । रिचर्ड्सका अनुसार उनको सङ्गठनले व्यावसायिक रूपमा प्यारामेडिक कर्नवेल र अन्य एक नाम नखुलाइएका व्यक्तिको प्रतिनिधित्व गरिरहेको छ । तेस्रो व्यक्ति बेलायती नागरिक नभएको बताइएको छ ।

उनका अनुसार यी तीन जना माथि अहिलेसम्म औपचारिक रूपमा आरोप लागेको छैन तर दुई जनालाई सायद कर्नवेलको कोठामा दराजमा एक हतियार भेटिएका कारण हिरासतमा लिइएको छ । कर्नवेलका अनुसार उनले यो हतियार अफगानिस्तानको गृह मन्त्रालयबाट पाएको लाइसेन्स पनि राखेका हुन् ।

उनले भने, ‘लाइसेन्स गायब छ । तर हामीले यस्ता थुप्रै साक्षीको बयान लिएका छौँ जसले लाइसेन्स देखेका छन् र यो साँच्चै नै थियो भनेर पुष्टि गरेका छन् ।’ ‘यो पूर्ण रूपमा सम्भव छ कि अनुसन्धानको क्रममा लाइसेन्स हतियारबाट अलग भएको र यो सबै एक गलत बुझाइको नतिजा हो ।’

तेस्रो व्यक्तिको पहिचान माइल्स रटलेजको रूपमा भएको छ । २३ वर्षका रटलेज बर्मिङ्घममा बस्छन् र उनलाई अगस्ट २०२१ मा बेलायती सेनाले अफगानिस्तानबाट सुरक्षित बाहिर निकालेका थिए ।

रटलेजले खतरनाक देशको भ्रमण गरेर उनीहरूको तस्बिर सोसल मिडियामा राखेर मानिसहरूको ध्यान आकर्षित गरेका थिए ।

रिचर्डस्ले स्काई न्युजलाई भने, ‘हाम्रो जानकारीका अनुसार हामीलाई लाग्छ कि उनीहरू तीनै जना स्वस्थ छन् र उनीहरूमाथि राम्रो व्यवहार गरिँदै छ ।’ एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार