श्रावण २, २०८२ शुक्रबार July 18, 2025

आँधीबेहरीका कारण २१ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकाको दक्षिण र पूर्वमा आएका आँधीबेहरीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको एएफपी समाचार संस्थाले खबर दिएको छ ।

खतरनाक आँधीका कारण दर्जनौं अन्य मानिस घाइते भएका छन् । आँधीले सबभन्दा बढी प्रभावित पारेको टेनेसी राज्यलाई हो । त्यहाँ आँधीकै कारण सातजनाको मृत्यु भएको छ । त्यसबाहेक आर्कान्सास, मिसिसिपी, अलबामा, इन्डियाना र इलिनोइमा १४ जनाको मृत्यु भएको छ ।
आँधी अहिले अमेरिकाको पूर्वी तटतर्फ गइरहेको र त्यसले चट्याङ, असिना र चर्को हावा ल्याउने बताइएको छ । आँधीका कारण कैयौं घर ध्वस्त भएका छन् । बिजुलीको आपूर्ति रोकिएको छ भने रुखहरू भुइँबाट उखेलिएका छन् । उत्तरपूर्वी आर्कान्सासको विन शहर पूर्वबाट पश्चिमतर्फ आधा काटिएको त्यहाँकी मेयर जेनिफर हब्सले बताएकी छन् ।

शनिवार ६ लाख १० हजारभन्दा बढी घरमा बिजुली नपुगेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार