मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

‘ए’ डिभिजन लिग : एपीएफले पुलिसलाई २-० गोलले हरायो

पुलिस डर्बीमा एपीएफ विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : विभागीय टोलीको नेपाल पुलिस र एपीएफ क्लबबीचको भिडन्तमा एपीएफले बाजी मारेको छ । शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमबारदेखि सुरु भएको छौटौं चरणको खेलमा एपीएफले पुलिसलाई २-० गोलले हरायो ।

च्यासल मैदानमा भएको पुलिस डर्बीमा एपीएफलाई जिताउन एडमा डोम्बिया र सविन गुरुङले गोल गर्नुभयो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा डोम्बियाले ५७औं र सविनले इन्जुरी समयमा गोल गर्नुभएको थियो ।

जितसँगै एपीएफले ६ खेलबाट १० अंक बनाएको छ । एपीएफ पाँचौं स्थानमा छ । ६ खेलमा पाँचौं हार खेपेको पुलिसको एक अंक छ । पुलिस रेलिगेसनको दबाबमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया