श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पाकिस्तानको मुद्रास्फीति ५० वर्ष यताकै सबैभन्दा उच्च

मुद्रास्फीतिको जारी प्रवृत्ति कम्तीमा आगामी दुई महिनासम्म जारी रहने र जूनदेखि घट्ने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सन् १९६५ को जुलाईपछि मार्च महिनामा दक्षिण एसियाली मुलुक पाकिस्तानको मुद्रास्फीति पहिलो पटक सबैभन्दा उच्च मापन गरिएको छ ।

उच्च आधार प्रभावका कारण देशमा मुद्रास्फीतिको जारी प्रवृत्ति कम्तीमा आगामी दुई महिनासम्म जारी रहने र जूनदेखि घट्ने अनुमान विज्ञहरूको छ ।

गहुँ र फलफूलको मूल्यमा भएको वृद्धिले मुद्रास्फीतिमा योगदान पुर्‍याएको र मुस्लिमधर्मावलम्बीको पवित्र महिना रमजानमा खाद्य वस्तुको उच्च मागका कारण पनि महँगी बढेको विज्ञहरूले बताएका छन् ।

मुद्रास्फीति गत वर्षको मार्चमा भन्दा ३५.४ प्रतिशतले बढेको गत शनिबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

Inflation at 50-year high in crisis-hit Pakistan

उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) ले मापन गरेको पाकिस्तानको मुद्रास्फीति गत वर्षको सोही महिनाको तुलनामा मार्चसम्ममा अत्यधिक बढेको हो ।

मार्च २०२२ मा मुद्रास्फीति १२.७ प्रतिशत रहेको पाकिस्तान तथ्याङ्क ब्यूरो (पीबीएस) का मोहम्मद मजहरले बताउनुभयो ।

पीबीएसका अनुसार, मासिक आधारमा उपभोक्ता मूल्य सूचकाङ्क मार्चमा ३.७ प्रतिशत बढेको छ । फेब्रुअरीमा उपभोक्ता मूल्य सूचकाङ्कमा ४.३ प्रतिशतको वृद्धि भएको थियो ।

कोभिड–१९ का कारण थला परेको विश्व अर्थतन्त्र र रुसले युक्रेनमा गत वर्षदेखि सुरु गरेको युद्धका कारण पाकिस्तानलगायत विश्वका धेरै मुलुकको मुद्रास्फीतिका लागि जिम्मेवार रहेको मान्ने गरिएको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार