श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अमेरिकाले ताइवानसँग वार्ता गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनको चेतावनीका बाबजुद अमेरिकाले ताइवानसंग वार्ता गर्ने भएको छ । अमेरिकी सदनका सभामुख केभिन म्याकार्थीले यसै साता क्यालिफोर्नियामा ताइवानका राष्ट्रपति साइ इङ्ग–वेनलाई भेट्ने पुष्टि गर्नु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको चेतावनीका बाबजुद हुन लागेको वार्ताले गम्भीर टकराव निम्त्याउन सक्ने विश्लेषण गरिएको छ । पछिल्लो समय अमेरिका र चीनको सम्बन्ध चिसिदैं गएको छ । जासुसी बेलुन र चीनको उन्नत प्रविधिमा पहुँच बन्द गर्ने अमेरिकी प्रयासलाई लिएर विवाद भएपछि तनाव बढेको छ ।

बेइजिङले ताइवानका राष्ट्रपति साई र अमेरिकी अधिकारीबीचको कुनै पनि भेटले गम्भीर परिणाम हुन सक्ने चेतावनी दिएको थियो । हिजो मात्र चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बेइजिङले अमेरिका र ताइवान सरकारहरू बीचको कुनै पनि प्रकारको आधिकारिक अन्तरक्रिया र सम्पर्कको कडा विरोध गर्ने बताउनु भएको थियो ।

अमेरिकाले बेइजिङसंग पूर्ण कूटनीतिक सम्बन्ध कायम राखेपनि ताइवानको भने महत्त्वपूर्ण सहयोगी र हतियार आपूर्तिकर्ताका रुपमा चिनिन्छ । सन् २०१६ मा साई राष्ट्रपतिमा निर्वाचित भएदेखि बेइजिङले सो टापुमा सैन्य, आर्थिक र कूटनीतिक दबाब बढाएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार