काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा १७ सय ६८ जनाको परीक्षण गरिएकोमा ९८ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा १८ हजार १ सय ४२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा पीसीआर गरेर पुष्टि भएका सक्रिय संक्रमितको संख्या ३२२ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया