मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

राशफोर्डको गोलमा युनाइटेड विजयी, चौथो स्थानमा उक्लियो

पराजित वेष्ट ह्याम २७ अंकका साथ १५औँ स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः मार्कुस राशफोर्डले ‘हाफ भली’मा गरेको उत्कृष्ट गोलमा म्यानचेस्टर युनाइटेडले बुधबार राति इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई १–० ले हराएको छ । जितसँगै युनाइटेड पुनः चौथो स्थानमा उक्लिएको छ ।

अघिल्लो खेलमा न्युक्यासलसँग २–० ले पराजित भएपछि युनाइटेड तेस्रो स्थानबाट पाँचौँ स्थानमा झरेको थियो । तर, गएरातिको जितसँगै युनाइटेड चौथो स्थानमा उक्लिएको हो ।

युनाइटेडको जितमा राशफोर्डले २७औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितपछि इङ्ल्यान्डका फरवार्ड राशफोर्डले टिमका लागि प्रत्येक खेल महत्त्वपूर्ण रहेको बताए । राशफोर्डले थपे, ‘‘हामी सिजनको यस्तो मोडमा छौं । जहाँ हरेक खेल महत्त्वपूर्ण छन् । त्यसकारण यस जितबाट खुसी छौं । सबैलाई थाहा भएको कुरा हो की हामीले प्रत्येक हप्ता राम्रो प्रदर्शन गर्न सकेका छैनौँ । तर, यो समय कमजोर प्रदर्शन गर्ने अवस्था छैन ।’’

जारी सिजन राशफोर्डले १४ गोल गरिसकेका छन् । जितसँगै युनाइटेडले २८ खेलबाट ५३ अंक जोडेको छ । जुन तेस्रो स्थानको न्युक्यासल युनाइटेडसँग अंक बराबरी हो भने पाँचौँ स्थानको टोटनहमभन्दा तीन अंकले अगाडि हो । पराजित ब्रेन्टफोर्ड ४३ अंकका साथ नवौँ स्थानमा छ ।

न्युक्यासल युनाइटेडले गएराति वेष्ट ह्याम युनाइटेडलाई ५–१ ले हराएको थियो । पराजित वेष्ट ह्याम २७ अंकका साथ १५औँ स्थानमा छ । जुन रेलिगेशन क्षेत्रको बर्नमाउथसँग अंक बराबरी हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया