मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

रियल फाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः  चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै रियलले बार्सिलोनालाई ४-० ले हराएको हो । बार्सालाई उसकै मैदानमा पराजित गर्दा करिम बेन्जिमाले ह्याट्रिक गरे।

रियलले बार्सिलोनाविरुद्ध समग्रमा ४-१ को जित निकालेको हो । पहिलो लेगमा बार्सिलोना १-० ले विजयी भएको थियो ।

अब उपाधिका लागि रियाल र ओसासुनाबीच प्रतिस्पर्धा हुनेछ। फाइनल मे ६ मा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया