असोज १९, २०८३ सोमबार October 5, 2026

नेपालगञ्जमा एकैदिन हजार स्वाब सङ्कलन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपालगञ्जमा एकैदिन हजार जनाको स्वाब नमूना सङ्कलनको तयारी गरिएको छ ।

स्वाब सङ्कलनदेखि आरटिपिसिआर यन्त्रमा कोरोना परीक्षणका लागि लागि आवश्यक पर्ने भिटिएम र रिएजेन्ट्स लगायतको कीट पर्याप्त आएकाले आज शनिबार ठूलो सङ्ख्यामा स्वाब सङ्कलन गरी परीक्षणमा लैजाने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन ।

उनका अनुसार नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले परीक्षणको दायरा बढाउन दुई हजार टेष्ट किट र एक हजार भिटिएम पठाएको छ ।

एउटै वडामा २३ र नजीकको अर्को वडामा एक संक्रमित देखिएपछि सरकारले नेपालगञ्जमा परीक्षणको दायरा बढाउन निर्देशन दिएको छ । नेपालगञ्जमा २४ जनामा कोरोना देखिएपछि धेरैभन्दा धेरै जनाको परीक्षण गर्न जनस्तरबाट माग बढेको छ ।

पर्याप्त टेष्ट किट र भिटिएम आएकाले एकान्तबास, मन्दिर र मस्जिद तथा सङ्क्रमितको सम्पर्कमा रहेका सबैलाई परीक्षण गर्ने तयारी भएको छ ।

भेरी अस्पताल, नेपालगञ्जमा दिनमा सय जनासम्मको परीक्षण हुने बताइएको छ । आज एकै दिन हजार जनाको स्वाब सङ्कलन भएमा काठमाडौंँ लैजानका लागि नेपाली सेनाको जहाज नेपालगञ्जमै राखिएको छ ।

भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा प्रकाश थापाले बाँकेमा सरकारले उच्च प्राथमिकताका साथ आवश्यक उपकरण पठाएकाले स्वाब सङ्कलन तथा परीक्षणमा कुनै अवरोध नहुने बताउँदै आज ठूलो सङ्ख्यामा स्वाब सङ्कलन गर्ने तयारी भएको जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
२०८३ असोज १९, सोमबार