मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

रियल मड्रिडसँग बार्सिलोनाको लज्जास्पद हार, बेन्जेमाको ह्याट्रिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः चिरप्रतिद्वन्द्वी रियल मड्रिडसँग बार्सिलोनाले लज्जास्पद हार ब्यहोरेको छ ।

गएराति घरेलु मैदान क्याम्प नाउमा भएको कोपा डेल रेको दोस्रो लेगमा बार्सिलोना पाहुना टोली रियल मड्रिडसँग ४-० ले पराजित भएको हो । योसँगै सम्रगमा ४-१ गोल अन्तरको पराजय भोग्दै बार्सिलोना कोपा डेल रेको सेमिफाइनलबाटै बाहिरिएको छ ।

बार्सिलोनालाई हराएको रियल मड्रिड भने कोपा डेल रेको उपाधिनजिक पुगेको हो । रियल मड्रिडको जितमा करिम बेन्जेमाले ह्याट्रिक पूरा गरे भने भिनिसियस जुनियरले एक गोल गरे । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै भिनिसियसले रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको रियल मड्रिडले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

खेलको ५०औँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । ५८ औँ मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेका थिए ।  खेलको ८०औँ मिनेटमा बेन्जेमाले नै गोल गर्दै ह्याट्रिक पूरा गरे । बाँकी समयमा दुवै टोलीले गोल गर्न नसकेपछि रियल मड्रिड ४-० ले विजयी भयो । पहिलो लेगमा १-० ले पराजित भएको रियलले समग्रमा बार्सिलोनामाथि ४-१ को जित निकाल्यो ।

रियल मड्रिडले कोपा डेल रेको उपाधिका लागि मे ६ मा ओसासुनासँग खेल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया