असोज २०, २०८३ मंगलबार October 6, 2026

हेटौँडामा किट अभावमा रोकिएको पीसीआर परीक्षण सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा रोकिएको कोरोना भाइरस (कोभिड १९) को परिक्षणको काम आजबाट पुनः सुरु भएको छ । किटको अभावका कारण रोकिएको कोरोना परिक्षण कार्य आजबाट पुन सुरु भएको हो ।

संघीय सरकारले पीसीआर किट उपलब्ध गराएपछि आजबाट परिक्षण सुरु भएको प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा विभागका प्रमुख डाक्टर पुरुशोत्तम सेडाईले जानकारी दिएका छन।

हिजो संघीय सरकारमार्फत हेटौंडाको ल्यावका लागि चार सय किट प्राप्त भएको उनले जानकारी दिएका छन ।

संघीय सरकारले बागमती सरकारलाई उपलब्ध गराएको पीसीआर र आरडीटी दुवै किट अभावमा दुईदिनदेखि परिक्षण रोकिएको थियो ।

यसअघि संघीय सरकारले पाँच सय पीसीआर किट दिएकोमा सबै किट सकिएर परिक्षण रोकिएको उनले जानकारी दिएका छन ।

हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको पीसीआर मेसिनबाट चैत २७ बाट मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहटबाट स्वाब संकलन गरेर कोरोना परीक्षण गरिँदै आएको छ ।

यस अघि दुई दिन किट अभाव हुँदा परिक्षणका लागि १० जनाको स्वाब संकलन गरेर काठमाडौं पठाइएको थियो ।

बाग्मती प्रदेशमा चितवन, धुलिखेल, टेकु र वीर अस्पतालमा पनि कोरोना परीक्षणको व्यवस्था मिलाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस महाधिवेशनको आजको बन्द सत्र सकियो, प्रस्ताव तथा प्रतिवेदनमाथि व्यापक छलफल
२०८३ असोज २०, मंगलबार
नेप्सेमा ११.९६ अंकको वृद्धि, ३ अर्ब १३ करोडको कारोबार
२०८३ असोज २०, मंगलबार
जसपा नेपालको केन्द्रीय समिति बैठक भोलिदेखि काठमाडौंमा
२०८३ असोज २०, मंगलबार
‘उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम भइरहेको छ’ : शिक्षामन्त्री
२०८३ असोज २०, मंगलबार
दशौँ राष्ट्रिय खेलकुद : जुम्लामा महिला–पुरुष खेलाडी छनोट प्रतियोगिता सुरु
२०८३ असोज २०, मंगलबार
दुर्गा प्रसाईलाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश
२०८३ असोज २०, मंगलबार
प्रेस काउन्सिललाई थप स्वायत्त र अधिकारसम्पन्न बनाउने विधेयक कानुन मन्त्रालयमा
२०८३ असोज २०, मंगलबार