मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

राष्ट्रपतिको निजी चिकित्सकमा डा. निरज बम नियुक्त

वरिष्ठ छातीरोग विशेषज्ञ सह-प्रध्यापक डा. बम राष्ट्रपतिको निजी चिकित्सक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त हुनुभएको छ ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीका अनुसार  डा. बम  साे पदमा नियुक्त हुनुभएकाे हाे । डा.बम वरिष्ठ छातीरोग विशेषज्ञ हुनुहुन्छ र उहाँ त्रिवि शिक्षण अस्पतालमा सह-प्रध्यापकका रुपमा कार्यरत हुनुहुन्छ।

गत चैत १८ गते स्वास्थ्यमा समस्या देखिएपछि शिक्षण अस्पताल भर्ना हुनुभएका पौडेललाई उनै बम नेतृत्वको टोलीले  विशेष निगरानीमा राखेर उपचार गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया