मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

श्रीलंकाविरुद्धको टी-२० सिरिज न्यूजिल्यान्डलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः घरेलु टोली न्यूजिल्यान्डले श्रीलंकाविरुद्धको ३ खेलको टी-ट्वान्टी सिरिज २-१ ले जितेको छ ।

क्विन्सटाउनमा शनिबार सम्पन्न तेस्रो तथा अन्तिम खेल न्यूजिल्यान्डले ४ विकेटले आफ्नो पक्षमा पार्दै सिरिजमाथि कब्जा जमाएको हो ।

अन्तिम खेलमा जितका लागि चाहिएको १ सय ८३ रनको लक्ष्य न्यूजिल्यान्डले एक बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्‍यो । न्यूजिल्यान्डलाई जित दिलाउन टिम सेफर्टले ४८ बलमा १० चौका र ३ छक्काको मदतमा सर्वाधिक ८८ रन बनाए । श्रीलंकाका लाहिरु कुमाराले सर्वाधिक ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनायो । श्रीलंकाका लागि कुल मेन्डिसले सर्वाधिक ७३ रन बनाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया