श्रावण २, २०८२ शुक्रबार July 18, 2025

राष्ट्रपति मुर्मु सुखोईमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति द्रौपदी मुर्मुले शनिबार असमको तेजपुर एयर फोर्स स्टेशनमा सुखोई ३०- एमकेआई लडाकु विमानमा उडान भरेकी छिन् ।

सो विमानमा चढ्नु अघि राष्ट्रपतिलाई स्टेशनमा गार्ड अफ अनर दिइएको थियो । राष्ट्रपति मुर्मु अप्रिल ५ देखि ८ सम्म असमको तीन दिने राजकीय भ्रमणमा छिन् । शुक्रबार राष्ट्रपति मुर्मु गुवाहाटी उच्च अदालत स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा गुवाहाटीमा आयोजित समारोहमा सहभागी भइन् । समारोहमा उनले महिला तथा वृद्धवृद्धाको सुरक्षाका लागि बनाइएको मोबाइल एप ‘भोरोक्सा’को शुभारम्भ गरिन् ।

सभालाई सम्बोधन गर्दै राष्ट्रपतिले भारतको न्यायिक परिदृश्यमा गुवाहाटी उच्च अदालतको एक अद्वितीय स्थान रहेको बताइन् । यो अदालतको सन् १९४८ मा स्थापना भएको हो । भ्रमणको दोस्रो दिन राष्ट्रपतिले आसामको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा गज उत्सव २०२३ को उद्घाटन गरिन् । त्यसअवसरमा राष्ट्रपति भण्डारीले प्रकृति र मानवताबीचको पवित्र सम्बन्ध रहेको बताइन् ।

‘प्रकृतिलाई सम्मान गर्ने संस्कृति हाम्रो देशको पहिचान हो। भारतमा प्रकृति र संस्कृति एकअर्कासँग जोडिएका छन् र एकअर्काबाट परिपोषित छन् । हाम्रो परम्परामा हात्तीलाई सबैभन्दा बढी सम्मान गरिएको छ। यसलाई समृद्धिको प्रतीक मानिएको छ । यो भारतको राष्ट्रिय सम्पदामा सम्मानित र संरक्षित पशु हो।’

राष्ट्रपति मुर्मु राज्यको तीन दिने भ्रमणका लागि बिहीबार बिहान असमको गोलाघाट जिल्ला आइपुगेकी हुन् । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मा र राज्यका गभर्नर गुलाब चन्द कटारियाले बिहीबार गोलाघाटको बोकाखाटको जनरल फिल्ड हेलिप्याडमा राष्ट्रपति मुर्मुलाई स्वागत गरेका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार