काठमाण्डौः उत्तर कोरियाले फेरि पानीमुनि परमाणु ड्रोन परीक्षण गरेको छ।
समाचार एजेन्सी एएफपीले उत्तर कोरियाको आधिकारिक मिडियालाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
करिब पन्ध्र दिनअघि उत्तर कोरियाले पानीमुनि परमाणु ड्रोन परीक्षण गरेको दाबी गरेको थियो। उत्तर कोरियाको आधिकारिक मिडियाले आणविक युद्ध हेडले सुसज्जित यो ड्रोनले शत्रुलाई नष्ट गर्ने दाबी गर्दै आएको छ।
उत्तर कोरियाका आलोचकहरूले उसले लगातार आफ्नो आणविक हतियारको क्षमता बढाएको आरोप लगाउँदै आएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया