श्रावण २, २०८२ शुक्रबार July 18, 2025

भारतको तिहाड जेलबाहिर ‘मलाई जेल हाल’ भन्दै लाग्याे लाइन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शुक्रबार दिल्लीको तिहाड जेल बाहिर एउटा अनौंठो दृश्य देखियो ।

जेल जानका लागि आत्मसमर्पण गर्न आएका कैदीहरूको लामो लाइन मात्रै देखिएन कि जेल भित्र जानका लागि एक आपसमा तछाड मछाड गरेको दृश्य पनि ढोका देखियो । मानौं कारागारमा सबैभन्दा पहिले को प्रवेश ? गर्ने भन्नेमा कैदीबन्दीहरुको बीचमा प्रतिस्पर्धा चलिरहेको छ ।

वास्तवमा कोरोना महामारीका बेला सर्वोच्च अदालतको आदेशमा ४ हजार ६८३ कैदी रिहा भएका थिए । जसमा ११ सय ८४ कैदी सजाय पाएका थिए भने अन्य बिचाराधिन कैदी थिए । कोरोना महामारीमा बाहिर आउन पाएका मध्ये अधिकांश कैदीले अहिलेसम्म कारागारमा फर्केर गएका थिएनन ।

तर, गत फागुन २४ गते भारतीय सर्वोच्च अदालतले जेलबाट बाहिर आएका सबै कैदीलाई समयसिमा नै तोकेर १५ दिनभित्र जेलमा आत्मसमर्पण गर्नुपर्ने आदेश दियो । अदालतका आदेश अनुसार यसरी आत्मसमर्पण गर्ने अन्तिम दिन चैत २५ गते रहेको थियो । त्यसैले आत्मसमर्पण गर्ने अन्तिम मिति अर्थात चैत २५ गते तिहाड जेलको बाहिर कैदीहरुको लस्कर लागेको हो । उनीहरु बिच को पहिला जाने भन्नेमा सामान्यसम्म झगडासमेत भएको इन्डिया टिभीले जनाएको छ ।

अहिलेसम्म १ हजार ७६८ कैदीले आत्मसमर्पण गरिसकेका छन् । यद्यपि अझै धेरै कैदी आत्मसमर्पण गर्न नपुगेकाे भारतीय मिडियाहरूले जनाएका छन्  ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार