मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

राष्ट्रिय फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु

प्रतियोगितामा देशभरका एक सय ५० प्रतियोगी सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मोरङको पथरी शनिश्चरेमा आजदेखि शहीद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिता उद्घाटन गर्दै नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धर्म लामाले खेलकुदले देशलाई चिनाउन र विदेशी मुद्रा आर्जन गर्ने सबैभन्दा सजिलो माध्यम रहेको बताउनुभयो ।

लामाले नगरपालिकाले स्थानीयस्तरमा चेस खेलको प्रवद्र्धन गर्न सहयोग गरेकोप्रति खुसी व्यक्त गर्नुभयो । बुद्धिचाल खेल विद्यालयस्तरमा समेत समावेश गर्नुपर्ने उहाँको भनाइ छ ।

पथरी शनिश्चरेका नगरप्रमुख मोहनप्रसाद तुम्बापोले खेलाडीको क्षमता अभिवृद्धि गर्ने नगरको प्राथमिकता रहेको भन्दै चेस प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभाले मापन हुने बताउनुभयो । उहाँले प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो कुलशता प्रस्तुत गरी राष्ट्रियस्तरको खेलाडीका रूपमा स्थापित हुन शुभकामना दिनुभयो ।

पथरी शनिश्चरे नगरपालिकाको मुख्य सहयोग रहेको प्रतियोगितामा देशभरका एक सय ५० प्रतियोगी सहभागी छन् । प्रतियोगितामा ३२ विधामा रु पाँच हजारदेखि ५१ हजारसम्म पुरस्कार प्रदान गरिनेछ ।

कार्यक्रममा चाँदीको घोडा विजेता चेस खेलाडी रत्नबहादुर राईलाई नगद रु पाँच हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । राईलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख तुम्बापो र विशिष्ट अतिथि बुद्धिचाल महासङ्घका महासचिव लामाले सम्मान गर्नुभएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया