मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप ५५ जनामा कोरोना पुष्टी – ११ जना संक्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर ५५ जना कोरोना संक्रमित थपिएका छन् ।

एकहजार २१६ वटा नमुना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज ११ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या ३९६ पुगेको छ । आजसम्म १३ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये सातजना आईसीयू र चारजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया