असार २३, २०८२ सोमबार July 7, 2025

‘जिल्ला नगरको समस्या बुझेको र सबैको सहज सम्पर्कको व्यक्ति हुँ, जित्नेमा ढुक्क छु’- अरुणराज सुमार्गी, जिल्ला नगर उपाध्यक्ष उम्मेदवार (अन्तवार्ता)

जिल्ला नगरको आवाज बोक्न सक्छ भन्ने मान्यताकै कारण मैले जित्न सक्छु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समिति चयनका लागि यही चैत २८ र २९ गते ५७ औँ वाषिर्क साधारण सभा हुँदै छ । नयाँ कार्यकारिणी समितिमा जिल्ला नगर उद्योग वाणिज्य संघको तर्फबाट अरुणराज सुमार्गीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सुमार्गी मृदुुभाषी र सरल व्यक्तित्व भएका उद्यमी र शिक्षासेवी हुन् । जिल्ला नगरतर्फ उपाध्यक्ष पदका प्रत्यासी सुमार्गीको चुनावी एजेन्डा र भावी योजनाका विषयमा केन्द्रित रहेर युगखवर अनलाइनका  प्रधान सम्पादक सुरन कार्कीले सुमार्गीसँग गर्नुभएको कुराकानीः 

जिल्ला नगरतर्फ उपाध्यक्ष पदमा उम्मेदवार बन्नु भएको छ । कस्तो छ तपाईंको तयारी ?

अघिल्लो कार्यकालमा जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिइसकेको मान्छे हुँ । शेखर गोल्छाको टिम बनाउने बेलामा मैले पशुपति मुरारका, शेखर गोल्छा, किशोर प्रधानजस्ता महासंघका सिनियर व्यक्तित्वले मलाई आग्रह गरेपछि मैले अघिल्लो कार्यकालमा अर्को कुनै पात्रलाई जिल्ला नगरको उपाध्यक्ष बनाएर म एक कार्यकाल पछाडि गएको हो । त्यसपछि जिल्ला नगर उद्योग वाणिज्य संघको उपाध्यक्ष पद नलिएर म लोकप्रिय मतका साथ जिल्ला नगरको सदस्यमा निवार्चित भएको हुँ । यो कार्यकालभरी उद्योग वाणिज्य महासंघको विभिन्न आयोजनामा नियमित बोर्ड बैठक कुनै पनि छाडिनँ । दुई वर्ष निरन्तर ७७ जिल्लाका ११८ उद्योग वणिज्य संघमा दैनिक रुपमा उपस्थिति रहृयो । जिल्ला नगरका पदाधिकारी साथीहरुसँग सुमधुर सम्बन्ध राखेको छु । मलाई जिताउन उहाँहरुनै लागि पर्नु भएको छ ।

त्यसो भए उपाध्यक्ष पदमा उठ्छु भनेरै २ वर्षअगाडिदेखि लाग्नु भएको हो ?

हो, तीन फन्को जिल्ला नगर उद्योग वाणिज्य संघ घुमे । मेची, महाकाली, रुकुम, रोल्पा, सल्यान, प्युठानलगायत कुनै जिल्ला छुटेन मेरो । सबै जिल्लामा पुगेर त्यहाँको समस्याबारे र नेपाल उद्योग वाणिज्य महसंघले के गर्न सक्छ भनेर समस्या बुझने काम गरेँ । र अहिले जिल्ला नगरको एजेन्डा के हो भन्ने तय गरेँ । त्यो एजेन्डा के हो भने, जिल्ला नगरको ५० प्रतिशत स्टेक होल्डर भएको प्रतिनिधि नेपाल उद्योग वाणिज्य महासंघको कहिले चियरमेन नहुने कारण के हो ? यो कारणलाई स्थापित गरेर जिल्ला नगरकै पृष्ठभूमिबाट उठेको मान्छेलाई नै जिल्लाको उपाध्यक्ष बनाउनु पर्छ भनेर साथीहरुले विजारोपण गरे । अहिले त्यो वृक्षको रुपमा स्थापित भएको छ ।

भनेपछि जिल्लाको उपाध्यक्ष हुँदै भावी अध्यक्षको दावेदारको रुपमा आफूलाई उभ्याउन खोज्नु भएको हो ?

जिल्ला नगरबाट नेतृत्वमा आएको शिला खोज्ने हो भने तत्कालीन अवस्थामा जति बेला हामी जिल्ला नगर उद्योग वाणिज्य संघ बाहिर नै थियौँ । त्यो बेला दर्ुइ हेभिवेट कर्पोरेट हाउसबीचको प्रतिस्पर्धा चलिरहेको बेला अनुकुलता परेर आनन्दराज मुल्मीले त्यो इतिहास रच्नु भएको थियो । त्यसपछि हामीले त्यसलाई फेरि किन दोहोर्‍याउन सकेनौँ – ५० प्रतिशत मालिकाना हैसियत भइसकेपछि स्वतः चियरमेनसिप हुने चलन छ ।

मैले जब राष्ट्रिय अध्यक्ष भइसकेका मान्छेहरुको फोटो ग्यालरीमा हेरेँ । त्यहाँबाट मैले प्रश्न निकालेँ । र जिल्लाको साथीहरुसँग कुरा गरेँ, अब के हामी महासंघमा नेतृत्व गर्न सक्दैनौँ ? विगतका दिनहरुमा जिल्ला नगरको, कहिले एसोसिएटबाट, कहिले वस्तुगतबाट पसेका मान्छेहरु ल्याउने प्रचलनलाई हामीले त्याग्नु पर्छ साथी हो । अब जिल्लबाटै उठेको मान्छे जसले चाहिँ गाउँघरमा भएका नुनको ढिक्कोदेखि सुन पोलेर बेच्ने व्यवसायी, साना मझौला व्यवसायीलाई सहयोग गर्न सक्ने जिल्ला नगरको कुरा बुझेको छ त्यसलाई ल्याउनु पर्छ भन्ने एजेन्डालाई बोकेर हिँडे । यही एजेन्डाको यात्राको क्रममा अहिले ५७ औँ महाधिवेशनसम्म आइपुगेको छु ।

जिल्ला नगरतर्फउपाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । चुनाव जित्नेमा तपाईं कतिको ढुक्क हुनुहुन्छ ?

चुनाव जित्नेमा म निर्धक्क छु । मेरो आधार भनेको ‘इजी टु कनेक्ट’ म सबैसँग सजिलै भेटिने पात्र हुँ । म कुनै पनि बेला रात, दिन, बिहान, बेलुका यतिसम्म कि कुनै कार्यक्रममा बोलिरहेको छु भने पनि एकछिन पछि कल ब्याग गरेर समस्या बुझने गर्छु  र त्यसलाई समाधान गर्ने मैले पहल पनि गरेको छु । त्यो कुरा सुन्दिने मात्रै पनि मान्छे आजको दिनमा भएन । लामो समयदेखि मैले धेरै पूर्वअध्यक्षहरुसँग काम गर्ने मौका पाएको छु । सबैलाई आरोप के हो भने निर्वाचनमा तपाईंहरु आउनु हुन्छ, त्यसपछि तपाईंहरु फोन उठाउनु हुन्न भन्ने छ ।

जिल्लाको सानो मसिनो समस्या सुनेर समाधान गर्नेतर्फ महासंघ नेतृत्व लाग्न सकेन । अहिलेको चुनावी भाषामा भन्ने हो भने महासंघ र जिल्ला नगरको सम्बन्धको दूरी चाहिँ एउटा खोलाको किनार यतापटि र उतापटि भएको जस्तो छ ।

तपाईंले आफ्नो चुनावी माहोल कस्तो देखिरहनु भएको छ ?

मैले माहोल राम्रो देखिरहेको छु । ७७ जिल्लाका ११८ वटै उद्योग वाणिज्य संघका बहुसंख्यक अध्यक्षज्यूहरुसँग म दैनिक सर्म्पर्कमा छु । तपाईं निर्वाचनमा उठ्नु पर्छ । पछाडि र्फकनु हुन्छ कि भन्ने शंका लाग्छ भन्ने गरेका छन् । तर पछाडि फर्किने कुरै हुँदैन । सधैँ अर्काको लागि बली बन्ने पनि कुरा आउँदैन । म अहिले निर्वाचनमा सबैभन्दा बलियो, सक्षम, सजिलो पात्रको रुपमा छु । अब निर्वाचनको ब्यालेट बक्समा भोट हालेपछि आउने रिजल्ट त बाँकी नै छ । त्यो भन्दा अगाडि मेरो आत्मबल चाहिँ अहिले निर्वाचन जितेको बराबर छ ।

तपाईंलाई जितका लागि कति मत आवश्यक पर्छ ?

कुल ११८ मत छ । त्यसमा करिब ८५ हाराहरीको मत मैले पाउने प्रक्षेपण छ । जित्नका लागि त त्यति पनि आवश्यक छैन । त्यसैले जित्नेमा ढुक्क छु ।

तपाईंले देख्नु भएको जिल्लाका समस्या के-के हुन् ? 

जिल्लाको समस्या भनेको चर्को ब्याजदर, बैंकहरुको ज्यादती । बैंकहरुको ज्यादती र चर्को ब्याजदरको मारमा परेका व्यवसायीहरुलाई कसरी व्यवस्थापन गर्न सक्छौँ भनेर पहल गर्ने । राष्ट्र बैंक, अर्थमन्त्रालय र प्रधानमन्त्रीसँग बसेर छलफल गरिनु पर्छ ।

कोभिडको बेलामा हामीहरु ढोका बन्द गरेर बस्नु परेको थियो । त्यो बेलामा बैंकलाई आफ्नो ब्याज खानको लागि राष्ट्र बैंकलाई कन्भिन्स गरेर हामीले धरौटी राखेको जायजेथालाई मूल्यांकन बढाएर तलब र ब्याज तिर्नको लागि पैसा दिइएको थियो । हामीले त्यो ऋण स्वीकार गरेका थियौँ । अहिले यो आर्थिकमन्दीका बेला सरकारले निकास दिने गरी काम गर्नु पर्नेछ । त्यसो भयो भने एउटै रुखमा तीन जना मान्छे मर्नु पर्ने अवस्थाबाट हामी पर लैजान सक्छौँ ।

कोभिड महामारीपछि विश्व नै आर्थिकमन्दीको अवस्थामा छ । यसको असर नेपालमा पनि परिरहेको छ । यसैबेला महासंघको चुनाव हुँदैछ, यस्ता समस्या समाधानमा तपाईंको भूमिका के रहन्छ ?

स्वभाविक रुपमा देशको अर्थतन्त्रमा आएको संकुचन, हाम्रो मात्र देशको कारण आएको होइन । विश्वकै अर्थतन्त्रको कारण पनि हो । अर्को कुरा हाम्रो देश बढी संकुचनमा पर्नुको कारण हामी परनिर्भर छौँ । परनिर्भरबाट आत्मनिर्भरतर्फजान सरकारले नयाँ नीति ल्याउनु पर्छ । त्यो नीति ल्याउनको लागि जिल्ला नगरमा कस्तो खालको व्यवसाय चाहिँ स्थायित्व हुन सक्छ भन्ने बुझेको मान्छे सरकारको टेबुलमा दिनप्रतिदिन वार्ता र छलफलमा गयो भने सरकारले त्यसलाई बुझने वातावरण बन्छ । विगतको दिनमा जिल्ला नगरको त्यस्तो व्यक्तित्व नभएकाले, टेलिभिजनमा बसेर अर्कोलाई गाली गर्नेबाहेक अरु काम नगरेकाले सरकारले त्यो नीति बनाउनै पाएन । सरकार चाहन्छ नीति निर्माणका लागि आवश्यक पर्ने मेटिरियल्स देओस् । र हामीले त्यो दिनसक्ने मान्छे नै दिन सकेनौँ भने सरकारले कसरी नीति ल्याउँछ ?

समाज यही हो, बुद्धिजीवी, अर्थतन्त्र यही हो । हाम्रो अर्थतन्त्र सानो छ । सानो अर्थतन्त्रलाई सुधार्नका निम्ति थोरै भएपनि सकारात्मक काम गर्न सकिन्छ । त्यो कृषिको बाटो सबभन्दा सजिलो छ । पर्यटन अर्को बाटो हो । त्यसपछि हामी आत्मनिर्भरतातर्फ जान सक्ने साधनहरु के के हुनसक्छन् किटान गरेर जाने हो । आउने दिनमा अर्थतन्त्रमात्रै होइन कि देशको स्वभिमान बढाउनका निम्ति हाम्रो उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउन सक्ने काममा हामी पनि अगाडि बढ्न सक्छौँ भन्ने अभ्यास गरेका छौँ । त्यसले गर्दा यो विषयमा सरकार, निजी क्षेत्र र अहिलेको समाजको अर्थतन्त्रको बीचमा एउटा कोशेढुंगाको रुपमा आफूलाई उभ्याउन सक्छु भन्ने विश्वास छ ।

अहिले देशभरका व्यापारीहरु चर्को ब्याजदरविरुद्ध आन्दोलित भएका छन् । आन्दोलनले ब्याजदर घटाउन सफल होला ?

पूर्व र सुदूरपश्चिमका साथै मकवानपुरसम्मका साथीहरुले बैंकलाई भनेर बैंकको सटरै बन्द गरेर नो डिपोजिट भन्नेसम्मको काम गरेपछि प्रधानमन्त्रीज्यूले आहृवान गर्नुभयो । अर्थमन्त्री आइसक्नु भएको थिएन । अर्थमन्त्री आइसकेपछि चाँडोभन्दा चाँडो ब्जाजदरलाई तल झार्छु र हामीले सरकारका विभिन्न निकायका पैसालाई व्यवसायीक मान्छेहरुले बोकेर लगेर कमिसन खाने जुन प्रक्रिया छ, त्यसमाथि हाम्रो नजर पुगेको छ भन्ने आश्वासन आएको छ । यदि त्यसो भएन भने २९ गते हाम्रो निर्वाचन सकिएपछि बैशाख १ गतेदेखि नयाँ कार्यसमिति आइहाल्छ । हामी फेरि सडकमा हुने छौँ या सदनमा आवाज लिएर गइरहेका हुनेछौँ । र यो सम्भव छ । अरु देशमा पनि यस्तो खालको संकटमा सरकार र निजी क्षेत्र मिलेर निकासहरु निकालेका छन् ।

ब्याजदरको समस्या कुन क्षेत्रमा बढी हो ?

अहिले हाम्रो देशको अर्थतन्त्रमा वरपर घुमेका व्यवसायीहरु को हुन् भने घरजग्गा व्यवसायी, हायर पर्चेज हुन् । यी व्यवसाय अनुत्पादक भएपनि यो पैसा चाहिँ बजारमा र्सकुलर भइरहने विषय हो । हामीले विदेशबाट ल्याउने मदिराजन्य वस्तु तथा विलासिताका वस्तुहरु सबैलाई एउटै टोकरीमा राखेर नीति ल्याउँदा देशको अर्थतन्त्र पलायन भएको छ । मौद्रिक नीतिले पनि हामीलाई सम्बोधन गर्नसक्ने ठाउँ छ । भारतसँगको खुला सीमानाको कारण चिनीदेखि ग्याससम्म ट्याक्स नतिरीकन साइकलमा बोकेर ल्याइन्छ । यसलाई पनि राज्यको संयन्त्रले नियन्त्रण गर्न सक्छ । आत्मनिर्भर हुन सक्ने कृषिजन्य उत्पादन पनि हामी -मास प्रोडक्ट) ठूलो परिमाणमा गर्न सक्दैनौँ । पारीपटि मास प्रोडक्ट हुन्छ । मास प्रोडक्टको प्रोडक्सन खर्च कम हुन्छ । हाम्रो प्रोडक्सन कस्ट हाई हुन्छ । त्यसैले उता मास प्रोडक्सन भएको अवस्थामा -आलु, गोलभेडा, लिची, आँप) कुनै पनि चिजको हामीले हाम्रो त्यो बजारलाई सुरक्षित गर्न सकेको अवस्था हुँदैन । यो सबै कुरालाई ध्यानमा राख्यौँ भने नेपालको अर्थतन्त्रको सूचकहरु हेरेर हामीले कहाँबाट काम गर्न सक्छौँ भन्ने कुराको निक्र्यौल गर्न सक्छौँ । मलाई चाहिँ के लाग्छ भने एक नम्बर, दुई नम्बर, तीन नम्बर जति सुकै नम्बर भएपनि…पहिलो अर्थतन्त्र कसरी सुधार्ने भन्ने एजेन्डामा राज्यले काम गर्नुपर्छ । यसको लागि हामीले आवाज उठाउने हो । निजी क्षेत्र त्यसको लागि अगाडि बढ्ने हो । अर्थतन्त्र नै देशको विकासको निकास हो ।

जिल्ला नगरको उपाध्यक्षमा निर्वाचित भएपछि के गर्ने तपाईंको योजना छ ?

जिल्ला नगरको अहिलेको आवश्यकता भनेको जिल्ला नगर र महासंघबीचको पुलको रुपमा काम गर्नुछ । जिल्ला नगर र महासंघबीचको सम्बन्ध टुटेको अवस्था छ । अहिले आफ्नो अभिभावकत्व निर्वाह गर्दै जिल्लाका साथीहरुको समस्यालाई लिएर राज्यका विभिन्न निकायमा गएर पौठेजोरी खेल्नु पर्ने हो या लचक भएर राख्नु पर्ने हो – यो कर। जुनदिनदेखि सुरुवात गर्छु र यस दिनदेखि जिल्ला नगर र उद्योग वाणिज्य संघका साथीहरुले एक किसिमको न्यानो महसुस गर्नुहुनेछ ।

तपाईं एउटा स्थापित व्यवसायी पनि, बजारमा अहिले तरलताको अभाव छ भनिन्छ । सीमित व्यक्तिको हातमा मात्रै पैसा छ भनिन्छ के यो सत्य हो ?

यसमा दुईवटा प्रक्षेपण छन् । एउटा चाहिँ हाम्रो पैसा सीमा नाकामा सस्तो मूल्यमा संकलन भइरहेको पनि भेटिन्छन् । अर्को कुरा सरकारले ल्याएको नीतिको कारण दश लाख रुपैयाँभन्दा बढी बोकेर हिँड्दा अवैध हुने भन्ने छ । सीमापारी भारतबाट नेपाली मजदुरले कमाएर ल्याएको पैसा २५ हजारभन्दा बढी भयो भने त्यही पारीपट्टी दुःख दिइरहेको अवस्था छ । पैसालाई सहजीकरणका साथ चल्न दिनु पर्छ भन्ने मान्यता हो । सरकारको विभिन्न निकाय छ, त्यसले अनुगमन गर्नुपर्छ ।

म इकोनोमीको विद्यार्थी भएकाले अहिले हामीसँग बजारमा पैसा चाहिँ कति छ ?  तथ्यांक के हो ?

विभिन्न निकायसँग अनुत्पादक तरिकाले जम्मा भएका पैसा बजारमा आउन सकिरहेको छैन । भनेपछि पैसा त्यहाँ छ, सरकारको विभिन्न निकायसँग छ । हामीले देखेको के भने, जनताले मात्रै पैसा लुकाएको होइन, सरकारका विभिन्न निकायमा प्रिज पोइन्टमा पैसा बसिरहेको छ । त्यस्तो पैसा जनता र व्यवसायीमाझ कसरी जान सक्छ भन्ने कुराको लागि नीतिको जरुरी हुन्छ । अहिले रेमिट्यान्सबाट हामी अर्थतन्त्र चलायमान बनाइरहेका छौँ । त्यो रेमिट्यान्सको लागि नयाँ रोजगार गन्तव्य मुलुक हेरेर मासिक ६० हजार रुपैयाँ कमाइ हुने ठाउँको सट्टा तीन लाख रुपैयाँ कमाइ हुने ठाउँमा श्रमिक पठाउन किन कन्जुर्साईं गरिरहेका छौँ – यो बारेमा पनि सोच्न जरुरी छ । अहिले हामीले रोजगारी सिर्जना गर्न सकिरहेका छैनौँ । भएका मजदुर पनि सस्तो मूल्यमा मध्यपूर्वतिर गइरहेका छन् ।

फेरि तपाईंको उम्मेदवारीतर्फनै फर्किन चाहन्छु । जिल्ला नगरतर्फो उपाध्यक्षमा तपाईं नै किन ?

मेरो विशेषता के हो भने, तपाईंसँग अन्तर्वार्ता भइरहँदा एउटै धारको कुरा गरिरहेको छु । कसरी हाम्रो देशको विकास गर्ने – कसरी स्थायित्व बनाउने – हाम्रो देशको स्थायित्वको लागि तपाईंले एउटा समुदायलाई छाडिरहनु भएको छ । कहिले सदन अगाडि सडकमा मान्छे जलेर मर्छ । एउटा रुखमा तीन जना झुन्डिएर मर्छ । यो भनेको एउटा बुढी मरेको अवस्था होइन काल पल्केको अवस्था हो । त्यो समुदायलाइ जबसम्म सरकारले अपनत्व गरेर अगाल्दैन तबसम्म हाम्रो विकासको बाटो अगाडि बढ्न सक्दैन । यो विषय बुझेको मान्छे हुँ म । मैले टेलिभिजन, रेडियो, युट्युब, टिकटक जहाँ जहाँ बोलेको छु । त्यसैले मलाई सबैले उसले गर्न सक्छ भन्ने विश्वास लिएका छन् । जिल्ला नगरको आवाज बोक्न सक्छ भन्ने मान्यताकै कारण मैले जित्न सक्छु । र यही कारण नै यो पदका लागि उपयुक्त व्यक्ति हुँ भन्ने आधार पनि हो ।

अन्तमा मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?

म मतदाताहरुलाई के भन्न चाहन्छु भने, मेरो विनम्र अनुरोध छ, पैसाको बलमा मतलाई दुरुपयोग गर्नु हुन्न । क्षमता र विषयगत विज्ञताको आधारमा मतलाई प्रयोग गरौँ । यो मापदण्डभित्र म पर्छर्ुुने अहिलेको निर्वाचनमा म जिल्ला नगरको उपाध्यक्ष उठिरहँदा नेपाल उद्योग वाणिज्य महासंघमा विगतको परम्परालाई तोडेर तपाईंहरुले त्यो व्यक्तित्व जसले चाहिँ एजेन्डालाई हाँक्न सक्छ भन्ने बुझेर मत हाल्दिनुहोस् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार