भाद्र २, २०८३ मंगलबार August 18, 2026

साओमी १३ अल्ट्रा अर्को महिना सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

१२ जीबी र्‍यामसँग २५६ जीबी स्टोरेज दिइएको छ भने १६ जीबी र्‍यामसँग ५१२ जीबी स्टोरेज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यो वर्षको सुरुवातमा नै साओमीले १३ सिरिजका स्मार्टफोनहरू सार्वजनिक गरिसकेको छ । यद्यपि कम्पनीले साओमी १३ अल्ट्रा सार्वजनिक गर्न भने केही ढिलाई गरेको  छ ।

लाइकासँगको सहकार्यमा तयार भएको क्यामेरा प्रयोग भएको भनिएको साओमी १३ अल्ट्राको लागि धेरै प्रयोगकर्ता पर्खाइमा छन् । अन्तत: पर्खाइ सकिएको छ ।

कम्पनीले अर्को महिना साओमी १३ अल्ट्रा सार्वजनिक गर्ने जानकारी दिएको छ । कम्पनीले आफ्नो ट्वीटरमा एक ट्वीट गर्दै स्मार्टफोन सार्वजनिक हुने बिषयमा जानकारी दिएको हो ।

फोनमा लाइकासँगको सहकार्यमा कम्पनीले ५० मेगापिक्सेल मुख्य क्यामेरा समावेश गरिएको छ । यसमा ५०-५० मेगापिक्सेल कै दुईओटा जुम फोकस क्यामेराहरू पनि छन् । सेल्फिको लागि भने ३२ मेगापिक्सेलको क्यामेरा छ । क्यामेरा कै लागी पनि यो फोन चर्चामा छ ।

क्यामेरासँगै फोनमा स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरिएको छ । साथै फोनको स्क्रिन भने ६.७ इन्चको रहेको छ । फोनमा ९० वाटको चार्जिङ सपोर्ट सहितको ४९०० एमएएच ब्याट्री दिइएको छ । फोन १२ जीबी र्‍याम र १२ जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुनेछ ।

१२ जीबी र्‍यामसँग २५६ जीबी स्टोरेज दिइएको छ भने १६ जीबी र्‍यामसँग ५१२ जीबी स्टोरेज दिइएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : मन्त्री पौडेल
२०८३ भाद्र २, मंगलबार
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
२०८३ भाद्र २, मंगलबार
प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
२०८३ भाद्र २, मंगलबार
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
२०८३ भाद्र २, मंगलबार