असार २५, २०८२ बुधबार July 9, 2025

विश्वभर कोरोना संक्रमितको संख्या ४० लाख नाघे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विश्वभर कोराना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर ४० लाख २४ हजार ७३७ संक्रमित फेला परेका छन् । त्यस्तै मृत्यु हुनेको संख्या पनि दुई लाख ७९ तीन सय १३ पुगेको छ ।

विश्वभर १३ लाख ७५ हजार ८५४ संक्रमित निको भएर घर फर्किसकेका छन् । कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म १३ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने ७८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

स्पेनमा दुई लाख २३ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण देखिँदा २६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । इटालीमा दुई लाख १८ हजारभन्दा धेरै संक्रमित भेटिँदा ३० हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा पनि दुई लाख १६ हजारभन्दा बढी संक्रमित भेटिँदा ३१ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

अहिलेसम्म अमेरिकामा दुई लाख १२ हजार संक्रमित निको भएर घर फर्किएका छन् । त्यस्तै जर्मनीमा एक लाख ४३ हजार, स्पेनमा एक लाख ३३ हजार र इटालीमा एक लाख तीन हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार