काठमाण्डौः पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा भएको बम बिस्फोटमा परी चार जनाको मृत्यु भएको छ ।
बलुचिस्तानको प्रान्तीय राजधानी कवेटामा सुरक्षाकर्मीको गाडीमा लक्षित गरी गराइएको सो विस्फोटमा परी दर्जनौ घाइते भएका छन् ।
पाकिस्तानी सञ्चारमाध्यमले जनाए अनुसार तैनाथीमा रहेको प्रहरी भ्यान नजिकै रहेको मोटरसाइकलमा बम राखिएको र सो बमलाई रिमोट कन्ट्रोलमार्फत विस्फोट गराउँदा चार जनाको मृत्यु हुनुका साथै दर्जनौ घाइते हुन पुगेका हुन । सुरक्षा अधिकारीका अनुसार घाइते मध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको छ ।
सो बम बिष्फोट पछि घटनास्थल सुरक्षा घेरा राखेर थप अनुसन्धान अघि जारी राखिएको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया