काठमाडौंः अमेरिकाको केन्ट सहरमा भएको गोलाबारीमा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
लुईसिवका प्रहरी प्रवक्ताका अनुसार यसरी घाइते हुनेमा प्रहरी अधिकारी पनि रहेका छन । साथै, सो गोलावारीमा संलग्न रहेका संदिग्धलाई गोली हानि मारिएको छ ।
प्रहरी अधिकारीले भने ‘अब सर्वसाधारणका लागि कुनै खतरा छैन, अवस्था सहज बनार्ईएको छ ।’
गर्भनर एन्डी बेसियरले टविट गर्दै भनेका छन, ‘कृपया, सो घटनामा प्रभावित भएको पीडित परिवारका लागि एक पटक प्राथना गरिदिनुहोस् ।’
पछिल्लो समयमा अमेरिकाका सहरहरुमा धेरै गोलाबारीका घटना हुन थालेको छ । केही दिन पहिले पनि बिधालयमा एक महिला संदिग्धले गोली हानेर आधा दर्जनको हत्या गरेकी थिइन ।
सुरक्षा अधिकारीका अनुसार सो घटनामा बालिबालिकासहित ६ जनाको मृत्यु भएको थियो । गोली हानिएको बिद्यालय पुर्व प्राथमिक थियो । सो बिद्यालयमा पढने सबै बिद्यार्थी १२ बर्ष भन्दा कम उमेरका रहेको थिए । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया