श्रावण २, २०८२ शुक्रबार July 18, 2025

म्यानमारको सागिङ क्षेत्रमा सेनाको हवाई आक्रमण, ५३ जनाको मृत्यु

आक्रमणमा परि कम्तीमा १५ जना महिला र कैयौँ बालबालिकाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: म्यानमारमा जारी गृहयुद्धमा सेनाले गरेको हवाई आक्रमणमा ५३ जनाको मृत्यु भएको छ । सैन्य सरकारको विरोध गर्ने सागिङ क्षेत्रको एउटा गाउँलाई निसाना बनाएर आक्रमण भएको हो ।

आक्रमणमा परि कम्तीमा १५ जना महिला र कैयौँ बालबालिकाको ज्यान गएको प्रत्यक्षदर्शीले बताएका बीबीसीको खबरमा उल्लेख छ । तर मृतकको सङ्ख्या भने पुष्टि भइसकेको छैन ।

Myanmar junta air strike kills at least 50

सन् २०२१ मा सत्तामा आएदेखि सेनाले आफ्ना विरोधीहरूविरुद्ध हवाई आक्रमण गरिरहेको छ । सागिङका समुदायले म्यानमारमा सैन्य शासनको चर्को विरोध गर्दै आएको छ । उनीहरूले छुट्टै फौज बनाएका छन् । साथै आफ्नै विद्यालय तथा स्वास्थ्य केन्द्रहरू सञ्चालन गरिरहेका छन् ।

म्यान्मारमा जारी गृहयुद्धमा हजारौँ मानिसको ज्यान गइसकेको छ भने १४ लाख मानिस विस्थापित भएका छन् । अहिले म्यानमारको झन्डै एक तिहाइ जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक रहेको राष्ट्र सङ्घले बताएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार