काठमाण्डौः भारतीय र अमेरिकी वायुसेनाको संयुक्त सैन्य अभ्यास ‘कोप इन्डिया २३’ शुरु भएको छ ।
अर्जुन सिंह (पानगढ), कलैकुण्ड र आगरामा रहेको भारतीय वायुसेना स्टेसनमा हिजोदेखि अभ्यास थालिएको बताइएको छ ।‘जापान एअर सेल्फ डिफेन्स फोर्स’ का सैनिकहरु पर्यवेक्षक बनेर अभ्यासमा खटिएका छन् ।
भारतीय रक्षा मन्त्रालयका अनुसार उक्त अभ्यासको मुख्य उद्देश्य दुई मुलुकका वायु सेनाबीच आपसी समझदारी अभिवृद्धि गर्दै उत्कृष्ट अभ्यास आदानप्रदान गर्नु हो । अभ्यासमा दुवै पक्षले सी–१३० जे र सी–१७ विमानको प्रयोग गर्नेछन् । अमेरिकी वायुसेनाले एमसी–१३० पनि अभ्यासमा प्रयोग गर्ने जनाइएको छ ।
यसअघि सन् २०२३ को प्रारम्भमा मालाबारमा भारत र अमेरिकाले संयुक्त अभ्यास गरेका थिए । त्यतिबेला जापान र अष्ट्रेलियाका सेनाले पनि सहभागिता जनाएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया