मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

१० संकेत जसले बताउँछन्, तपाईं पूर्ण रुपमा स्वस्थ हुनुहुन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः राम्रो स्वास्थ्यका लागि स्वस्थकर खानपान, राम्रो निद्रा तथा तनावरहित वातावरण जरुरी हुन्छ । यदि यी सबै विषयमा ध्यान राख्नुहुन्छ भने तपाईं आफ्नो शरीरलाई स्वस्थ छ भन्न सक्नुहुन्छ ।

केही संकेत छन् जसलाई हेरेर आफ्नो शरीर पूर्ण रुपमा स्वस्थ छ कि छैन भन्ने आफै थाहा पाउन सकिन्छ । आउनुहोस् जानौं ती संकेतका बारेमा :

३० मिनेटभित्र निद्रा आउनु

यदि तपाईंलाई सुतेको ३० मिनेटभित्रै निद्रा आउँछ भने यो स्वस्थ भएको एउटा संकेत हो । यसले तपाईंको सुत्ने ढाँचा सही छ भन्ने जनाउँछ, जो स्वस्थ शरीरका लागि एकदमै जरुरी हुन्छ ।

महिनावारी नियमित

यदि महिलालाई महिनामा २१ देखि ४५ दिनभित्रै महिनावारी हुन्छ भने यसले पाठेघर लगायतको स्वास्थ्य पनि राम्रो छ भन्ने देखाउँछ । सामान्यतया नियमित महिनावारी स्वस्थ महिलाको संकेत हुन्छ ।

ऊर्जाशील

यदि नियमित काम गर्दा तपाईंलाई थकान महसुस हुँदैन भने यसले पनि स्वस्थ हुनुहुन्छ भन्ने संकेत गर्दछ ।

स्मरणशक्ति बलियो

यदि तपाईंको छोटो तथा लामो स्मरणशक्ति बलियो छ भने पनि स्वस्थ छु भन्ने बुझ्नुहोस् । कुनै न कुनै स्वास्थ्य समस्या भएका व्यक्तिमा स्मरणशक्ति पनि कमजोर भएको हुन्छ ।

कब्जियत नहुनु

यदि पेट स्वस्थ छ भने तपाईंलाई समयमै दिशापिसाब लाग्ने गर्छ । पेट सफा गर्न धेरै मेहनत गर्नु पर्दैन भने बुझ्नुहोस् तपाईं स्वस्थ हुनुहुन्छ ।

भर्याङ सजिलै चढ्नु

यदि भर्याङ चढ्ने क्रममा स्वास फुल्दैन वा कुनै पनि समस्या बिना चढ्न सक्नुहुन्छ भने तपाईंको फोक्सो स्वस्थ छ भनेर जान्नुहोस् ।

हल्का पहेंलो पिसाब

यदि पिसाबको रंग सफा छ भने शरीर हाइड्रेटेड छ भन्ने संकेत बुझिन्छ । पिसाब धेरै नै पहेंलो र रातो रगत जस्तो आउँछ भने तपाईंको मिर्गौलामा समस्या छ भन्ने बुझ्नुपर्दछ ।

समयमै घाउ निको हुनु

कुनै पनि चोट लागेर छिटै निको हुन्छ भने तपाईं स्वस्थ हुनुहुन्छ भन्ने अर्को संकेत हो । कुनै पनि रोग नभएको मानिसको चोटपटक, घाउ पनि छिटो नै निको हुन्छ ।

स्वस्थ छाला

यदि छालामा कुनै पनि प्रकारको चिलाउने, घाउखटिरा, आदि छैनन् भने तपाईंको छाला पनि स्वस्थ छ भन्ने बुझ्नुपर्दछ । चम्किलो तथा सफा छाला हुनु पनि शरीर स्वस्थ भएको संकेत हो ।

आँखा सुख्खा नहुनु

यदि आँशु बगिरहने समस्या छैन र राम्रोसँग देखिराख्नु भएको छ भने आँखा स्वस्थ छन् भन्ने बुझिन्छ । यसले शरीर पनि स्वस्थ छ भन्ने संकेत गर्दछ । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया