मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

जनकपुरधाममा जारी मेयर कपको फाइनलमा जनकपुर र बारा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जनकपुरधाममा जारी मेयर कप टि–२० क्रिकेट प्रतियोगिताको आज भएको दुई वटा सेमिफाइनल खेलमा जनकपुर र बारा फाइनल प्रवेश गरेका छन् ।

जनकपुरधामको रजौलमा निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा जनकपुरले सप्तरीलाई ७ विकेटले पराजित गर्‍यो । दोस्रो खेलमा विराटनगरलाई बाराले १ रनले पराजित गर्‍यो ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना, जिल्ला क्रिकेट सङ्घको संयोजन तथा फ्याक्ट नेपालको सहयोगमा भएको प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्ला तथा कोशी, बागमती, मकवानपुरसहित कूल १२ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा विजेताले २ लाख ५१ हजार नगद, शिल्ड र प्रमाणपत्र तथा उपविजेताले १ लाख ५१ हजार नगद, शिल्ड र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगिताका राम्रो प्रदर्शन गर्ने म्यान अफ दि सिरिज, वेष्ट व्याट्स म्यान, वेष्ट बलर सहितका अन्य खेलाडीहरूलाई पनि नगदसहित पुरस्कृत गर्ने कार्यक्रम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया