काठमाण्डौः भारतीय सेनाले बुधबार राति पाकिस्तानबाट भारततर्फ उडेको एक ड्रोनलाई खसाइदिएको छ ।
समाचार संस्था एएनआईका अनुसार पाकिस्तानबाट भारततर्फ उडेको ड्रोनमा एके४७ बन्दुक, त्यसमा लाग्ने गोलीहरु र केही नगद पैसा छन् ।
भारतको नियन्त्रणमा रहेको जम्मु कस्मिरको सीमा क्षेत्रमा ड्रोन पुगेपछि भने भारतीय सेनाले गोली चलाउँदै ड्रोनलाई खसाइदिएका थिए ।
जम्मुस्थित भारतीय सेनाका अनुसार भारतीय सेनाले ड्रोनबाट एके ४७, १३१ गोली र ५ म्यागेजिनसहित दुई लाख भारतीय रुपियाँ बरामद गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया