मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

बाजुराका एक बालकमा कालाजार संक्रमण

६ वर्षीया बालक थापालाई कालाजार देखापरेको जिल्ला अस्पताल बाजुराको पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः बाजुरामा एक जनामा कालाजार संक्रमण पुष्टि भएको छ । जिल्लाको हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका ६ वर्षीया छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको जिल्ला अस्पताल बाजुराले जनाएको हो ।

बाजुरामा १७ महिने बालकमा कालाजार देखियो | Dinesh Khabar

लगातार तीन महिनादेखि बिरामी भइ थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार जिल्ला अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा बालकमा कालाजार रोग भेटिएको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए ।

बालकमा कालाजारका साथै कुपोषण रहेको र शरिरमा दुई प्वाइन्ट मात्र रगत रहेको उनले बताए । रगतको मात्रा कम भएकाले बालकलाई आइसीयुमा राख्नुपर्ने भएपछि थप उपचारका लागि सुविधायुक्त अस्पताल पठाउने तयारी भइरहेको सूचना अधिकारी गिरीले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया