काठमाण्डौः चीन सरकारले अनुदानमा दिएको खोपमध्ये ४० लाख सिनोभ्याक खोप प्रयोगमै आएको छैन ।
महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवदेन २०७९ अनुसार सो खोप खपत गर्न स्वास्थ्य मन्त्रालय चुकेको हो । उक्त खोपको प्राविधिक परीक्षण नभएकाले प्रयोग आउन सकेको छैन । खोपको म्याद समाप्त हुने अवधि करिब १० महिना बाँकी छ ।
नेपाल सरकारले ०७७ पुस २० गते खोप खरिदको अवधारणा स्वीकृत गरी २ करोड १८ लाख नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउने मार्गदिशा स्वीकृत गरेको थियो । नेपालले दातृनिकाय कोभ्याक्स सुविधा, अन्य अनुदान र नेपाल सरकारबाट खरिद गरेको समेतगरी भित्रिएको ५ करोड ८८ लाख ९१ हजार ९७० डोज खोपमध्ये ३७ प्रतिशत खरिद गरेको छ ।

यस्तै, ३३ प्रतिशत कोभ्याक्स सुविधाअन्तर्गत खोप प्राप्त गरेको छ । ३० प्रतिशत विभिन्न दातृराष्ट्रले अनुदानमा उपलब्ध गराएका छन् । प्राप्त खोपमध्ये ३४ प्रतिशत भेरोसिल, १६ प्रतिशत कोभिसिल्ड र अन्य ५० प्रतिशत छ ।
भारतको एक कम्पनीबाट कोभिसिल्ड १० लाख डोज र चीनको एक कम्पनीबाट भेरोसिल १ करोड डोज, गाभी एलाइन्ससँगको सम्झौताअनुसार ५९ लाख ३६ हजार ४०० डोज, कोभ्याक्स कस्टशेयरिङ अन्तर्गत मोडर्ना खोप ४० लाख ८०० डोज समेत २ करोड १९ लाख ३७ हजार २०० डोज खोप खरिद गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया