श्रावण २, २०८२ शुक्रबार July 18, 2025

यमनमा सरकार र द्वन्द्वरत पक्षबीच कैदीको आदानप्रदान सुरु

द्वन्द्वका कारण हजारौँ यमनी नागरिकले ज्यान गुमाएका छन् भने लाखौँको सङ्ख्यामा विस्थापित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यमनी द्वन्द्वका दुवै पक्षले करिब ९०० बन्दीको रिहाई र कैँदी आदानप्रदान शुक्रबारदेखि शुरु गरेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले जनाएको छ ।

आइसिआरसी यमनले ट्विटरमा भनेको छ, “आईसीआरसीले चार्टर गरेको विमानले १२५ जना पूर्व बन्दीहरूलाई लिएर सानाबाट एडेनका लागि गएसँगै कैँदी आदानप्रदानको क्रम शुरू भएको छ ।

यी दुई विमानमा आईसीआरसीका धेरै कर्मचारी छन् र उनीहरूलाई यमन क्रिसेन्ट र सञ्चारमाध्यमले घरसम्म पुग्न सहयोग गर्नेछन् .

“कैँदी आदान प्रदानका लागि आईसीआरसीको भूमिका मानवीय सिद्धान्तको सम्मान गरिएको सुनिश्चित गर्नु हो र बन्दीहरूलाई रिहाई र स्थानान्तरण प्रक्रियामा मानवताका साथ व्यवहार गर्नु हो ।”

सन् २०२३ को मार्च २० मा स्विट्जरल्याण्डको बर्नमा सम्पन्न वार्ताको परिणाम यमनको द्वन्द्वका पक्षहरूले रिहाईको योजनालाई अन्तिम रूप दिएका थिए । आईसीआरसीले यमनका लागि महासचिवको विशेष दूतको कार्यालय (ओएसईएसजीवाई) सँग यी बैठकहरूको सह–अध्यक्षता गरेको थियो ।

Yemen war: Major prisoner swap raises hopes - BBC News

“सद्भावनाको यस कार्यले, द्वन्द्वबाट टुक्रिएका सयौं परिवारहरू रमजानको पवित्र महिनामा पुनः मिलन भइरहेका छन्, जसले ठूलो पीडाको बीचमा आशाको किरण प्रदान गर्दछ ।

हाम्रो गहिरो इच्छा रिहाईहरूले व्यापक राजनीतिक समाधानको लागि गति प्रदान गर्दछ, जसले अझ बढी कैदीहरूलाई उनीहरूको प्रियजनहरूसँग फर्काउँछ,” आईसीआरसीका मध्य पूर्वका लागि क्षेत्रीय निर्देशक फाब्रिजियो कार्बोनीले भन्नुभयो ।

हुथी नियन्त्रित सञ्चारमाध्यम सबाका अनुसार यसअघि कैदीहरूको मामिलासम्बन्धी राष्ट्रिय समितिका प्रमुख अब्दुल कादिर अल मुर्तदाले रमजान सम्झौताको पहिलो चरणमा शुक्रबार एडेन विमानस्थलबाट सानाका लागि कैँदीहरूलाई लाने योजना मुताबिक काम भएको पुष्टि गर्नुभएको छ ।

हुथी विद्रोहीले सन् २०१४ मा सानालाई आफ्नो नियन्त्रणमा लिएर अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई अपदस्थ गरेको थियो र अर्को मार्चमा अरब नेतृत्वको सैन्य हस्तक्षेप सुरु गरेको थियो ।

यसको प्रकोपदेखि नै यमनको द्वन्द्वले गम्भीर गृहयुद्धको रूप लिएको थियो । द्वन्द्वका कारण हजारौँ यमनी नागरिकले ज्यान गुमाएका छन् भने लाखौँको सङ्ख्यामा विस्थापित बनेका छन् । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार