कार्तिक २९, २०८३ आइतबार November 15, 2026

दोर्दीको दाम्राङमा ऐतिहासिक दाम्राङ मेला सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः दोर्दी गाउँपालिकाको ऐतिहासिक पर्यटकीयस्थल दाम्राङमा दाम्राङ मेला २०८० सुरु भएको छ । नयाँ वर्षको अवसरमा यहाँ मेलाको आयोजना गरिएको हो ।

दोर्दी गाँउपालिका ४ मा रहेको उक्त ठाउँमा वडा नं. ५ को फोर्जुङस्थित कैलाश युवा क्लवले मेलाको आयोजना गरेको हो । मेलाको बैशाख १ गते दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटनबाट आर्थिक समृद्धि गर्न सकिने र खेलका माध्ययमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताए । उनले युवाको जोश र जाँगरलाई पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा जोड्न आग्रह गरे ।

उपाध्यक्ष विच्छबहादुर घलेले युवामा नयाँ जोस र जाँगर हुने र यसलाई सदुपयोग गर्न आग्रह गरे । गाउँपालिकाले युवालाई खेलकुदलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उनले बताए  ।

मेला अन्तर्गत बैशाख १ गतेदेखि खुला पुरुष तथा महिला फुटवल प्रतियोगिता सुरु भएको आयोजक कैलाश युवा क्लवका अध्यक्ष भीमसेन गुरुङले बताए  । उनका अनुसार प्रतियोगितामा प्रथम हुने टीमले १ लाख १० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाउनेछन् । द्वितीय हुनेले ६० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट खेलाडी र सार्वधिक गोलकर्तालाई ३/३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

महिला फुटवलतर्फ प्रथम हुनेलाई २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र दिइनेछ । द्धितीय हुनेलाई १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र दिइने भएको छ ।  क्लवका सचिव गौचन गुरुङका अनुसार मेलाको अवसरमा बैशाख ३ र ४ गते राष्ट्रिय तथा स्थानीय कलाकारको साँस्कृतिक प्रस्तुति रहनेछ ।

माया गुरुङ, मञ्जु विक, प्रशान्त तामाङ, संगीता गुरुङ, अस्मिता गुरुङ, ज्ञानेन्द्र गुरुङलगायत कलाकारको प्रस्तुति रहने र केही कलाकारले उद्घाटनकै दिनमा आफ्नो प्रस्तुति दिएको उनले बताए  । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार