मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

ए डिभिजन लिग : त्रिभुवन आर्मी क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई हरायो

आर्मीलाई जिताउन ७५औं मिनेटमा सुदिल राईले गरेको गोल नै निर्णायक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ।

दशरथ रंगशालामा आज भएको दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई  १ -० गोलले हराएको हो।आर्मीलाई जिताउन ७५औं मिनेटमा सुदिल राईले गरेको गोल नै निर्णायक बन्न पुग्यो।

मनाङ लिगमा लगातार तेस्रो हार बेहोर्दै अंक तालिकाको पाँचौ स्थानमा झरेको छ।आर्मी र मनाङसहित पाँच टोलीको समान १५/१५ अंक हुँदा एक अर्काबीच हेड टु हेडको आधारमा स्थान निर्धारण भएको हो। जावलाखेल र सातदोबाटो समान १७ अंकका साथ क्रमश शीर्ष दुई स्थानमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया