वैशाख १९, २०८१ बुधबार May 1, 2024

युएईमा कार्यरत एक नेपालीले जिते झण्डै ७२ करोड रुपैयाँ बराबरको चिठ्ठा

यूएईमा यति ठुलो राशीको चिठ्ठा जित्ने दोस्रो व्यक्ती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : यूएईमा कार्यरत एकजना नेपालीले २ करोड दिराम (करिब ७२ करोड नेपाली रुपैयाँ) बराबर रकमको चिठ्ठा जितेका छन् । महजुज राफल ड्रमार्फत प्रथम उपहार २० मिलियन दिरामको चिट्ठा परेको हो ।

खालिज टाइम्सका अनुसार चालकको रुपमा कार्यरत ती नेपाली सन् २०२३ मा यूएईमा यति ठुलो राशीको चिठ्ठा जित्ने पहिलो व्यक्ती हुन् ।

यो चिट्ठा दुबई सरकारको अनुमतिमा हरेक हप्ता खोल्छ र एउटा टिकटको ३५ दिराम अर्थात १२५० रुपैयाँ तिरेर अनलाइनमार्फत किन्न मिल्छ । इलेक्ट्रिकल ड्र गरेर नम्बर निकाल्ने गरिन्छ ।

तीन महिना अगाडि मात्रै युएईको आवुधावीमा आयोजित विग टिकट र्‍याफल ड्रमा एक नेपालीले ८२ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया