मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

शहिद स्मारक ए डिभिजिन लिगमा आज दुई खेल हुदैँ

एन्फा कम्प्लेक्स सातदोबाटोमा  थ्रीस्टार क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः शहीद स्मारक ए डिभिजन लिग फुटबल आज दुई खेल हुदैँछ ।

सो लिग अन्तर्गत आज हुने दशौँ चरणका अन्तिम दुई खेलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा तथा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ बिच प्रतिस्पर्धा हुनेछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा  थ्रीस्टार क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

तेस्रो स्थानमा रहेको थ्रीस्टारले १५ अंक जोडेको छ भने  दुई खेल मात्र जितेको हिमालय शेर्पा भने १३औँ स्थानमा छ ।

उता, दशरथ रंगशालामा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ भिडने छन् । सो खेल साँझ ६ बजेवाट सुरु हुनेछ । छैटौँ स्थानको चर्च ब्वाइजले ९ खेलबाट १५ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको सातदोबाटोले ९ खेलबाट १७ अंक जोडेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया