काठमाण्डौंः दोस्रो डबल्स ब्याडमिन्टन मेयर कप प्रतियोगिताको उपाधि रोहित बराल र अभय महराले हात पारेका छन् ।
रोहित र अभयले कपिलवस्तु नगरपालिकाको आयोजना र जिल्ला ब्याडमिन्टन सङ्घको समन्वयमा भएको प्रतियोगितामा रितेश थापा र मोहाम्द हुसेनलाई २–० को सेटमा हराउँदै उपाधि जितेका हुन् ।
सुदीप श्रेष्ठ र सिद्धार्थ काजी तथा सुभाष कुवर र आभ थारु तेस्रो भए । यस्तै यू–१७ गल्र्समा सबिना परियार पहिलो, अनिशा थारु दोस्रो तथा रविना र बिपना कोरी तेस्रो भए । यू–१५ ब्याइजमा विशेष बस्नेत पहिलो, निखिल परियार दोस्रो तथा राज घिमिरे र बिस्नु बस्नेत तेस्रो भए ।
यू–१७ ब्वाईजमा शिवम् कसौधन पहिलो, मुनाल सिंह क्षेत्री दोस्रो तथा सुधेश भुसाल र अरुन थारु तेस्रो भए । विजेतालाई प्रदेश सदस्य सुधाकर पाण्डेयले पुरस्कार प्रदान गरे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया