मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

एक हजार ६४५ वटा परीक्षण गर्दा १०३ जनामा कोरोना पुष्टि

६१ जना कोरोना संक्रमणमुक्त : सक्रिय संक्रमितको संख्या ३९७

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का १०३ संक्रमित थपिएका छन् ।

एक हजार ६४५ वटा स्वाब नमुनाको परीक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३९७ छ ।

अहिले काठमाडौंका अस्पतालमा कोरोनाका २६ संक्रमित उपचाररत छन् । तीमध्ये आठजना आईसीयू र तीनजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया