मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

एसीसी प्रिमियर कप : नेपालले ओमानलाई दियो ३११ रनको लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ३११ रनको विशाल लक्ष्य दिएको छ। टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको गरेको घरेलु टोली नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१० रन बनाएको हो।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सबैभन्दा ठूलो स्कोर हो। नेपालका लागि कुशल मल्लले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई बलियो स्थितिमा पुर्‍याए। कुशल मल्लले ५९ बलमा शतक बनाए। उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट सर्वाधिक छिटो शतक बनाउने खेलाडी पनि बने । ६४ बलमा कुशल १० छक्का र ९ चौका प्रहार गर्दै १०८ रनमा आउट भए ।

त्यस्तै, नेपालका लागि सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे। सोमपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अधर्शतक बनाए। सोमपालले ४८ बलमा ९ चौका प्रहार गर्दै अविजित ६३ रन बनाए। त्यस्तै, करण केसी २९ रनमा अविजित रहे। भीम सार्की ५६ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ३३ रन बनाए। आरिफ शेख २९, रोहितकुमार पौडेलले २३ रन बनाए।

नेपालले ४.४ ओभरमा शून्यमै दुई विकेट गुमाएको थियो। दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेख शून्यमै आउट भए। योसँगै नेपाल दबाबमा आएको थियो। त्यसपछि ५४ रन हुँदा तेस्रो विकेटको रुपमा कप्तान रोहितकुमारलाई गुमाएको नेपालले ७२ रन हुँदा अर्का ब्याटर भीम सार्कीलाई गुमाएको थियो । एकपछि अर्को विकेट गइरहेको अवस्थामा कुशल मल्लले नेपाली टिम उकासे।

ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंहले समान १ विकेट लिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया