असोज १९, २०८३ सोमबार October 5, 2026

पछिल्लो २४ घण्टामा २७ सय ९९ जनाको पीसीआर परीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमणको पीसीआर प्रविधिबाट परीक्षण बढेको छ ।

पछिल्लो २४ घण्टामा २७ सय ९९ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबारसम्म पीसीआर विधिबाट १७ हजार ८ सय ९ जनाको कोरोना संक्रमण परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन ।

नेपालमा गत शुक्रबार स्वीटजरल्याण्ड सरकारले सहयोग दिएको ३० हजार थान पीसीआर किट आइपुगेको थियो । त्यसपछि सरकारले पीसीआर प्रविधिबाट कोरोना परीक्षणलाई तिब्र बनाएको छ । सरकारले विदेशबाट फर्किएका नेपाली, संक्रमितको सम्पर्कमा रहेका व्यक्ति र जोखिम क्षेत्रमा रहेका व्यक्तिमा पीसीआर परीक्षण गर्ने गरेको जनाएको छ ।

११ जनामा संक्रमण

सोमबार नेपालमा थप ११ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । सोमबार कपिलवस्तुमा १० र सप्तरीमा एक जना संक्रमित भेटिएका हुन् ।

नेपालमा अहिलेसम्म ८९ पुरुष र ३२ जना महिला गरी १२१ जनामा कोरोना संक्रमण भएको छ । प्रदेश ५ मा सबैभन्दा बढी ४० जनामा संक्रमण देखिएको छ ।

यस्तै प्रदेश १ मा ३५, प्रदेश २ मा ३२ र बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशमा २ मा सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।

सोमबार कोसी अस्पताल विराटनगरमा उपचाररत २ जना संक्रमित डिस्चार्ज भएका छन् । भोजपुरका २६ वर्षका पुरुष १८ औं दिन र झापाका ४८ वर्षका पुरुष १५ औं दिनमा डिस्चार्ज भएका हुन् ।

२४ घण्टाको अन्तरमा गरिएको परीक्षण २ वटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । योसँगै डिस्चार्ज हुनेको संख्य ३३ पुगेको छ ।

देशका विभिन्न अस्पतालमा १ सय ५३ जना शंकास्पद बिरामी आइसोलेसनमा उपचाररत रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
२०८३ असोज १९, सोमबार