असार २३, २०८२ सोमबार July 7, 2025

पुनको हत्यालाई कारबाही गर्न कांग्रेसको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 काठमाडौं । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याप्रति नेपाली कांग्रेसले भत्र्सना गरेको छ । आइतबार राति विज्ञप्ति जारी गरी हत्यारालाई कडा कारवाही गन समेत माग गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट नजीकै भएको घटनामा पनि हत्यारालाई पक्रन प्रहरीले तदारुकता नदेखाउनु दुःखद् भएको उल्लेख छ । काँग्रेसले हत्या भएका पुनमाथि श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।

यस्तै नेपाल तरुण दलले पनि आफ्नो दलका रोल्पा नगर समितिका अध्यक्ष रोहित पुनको हत्या भएकोमा दुःख व्यक्त गरेको छ । दलका महासचिव भूपेन्द्रजङ्ग शाहीले एक विज्ञप्ति जारी गरी आइतबार दिउँसो सुनिल स्मृति गाउँपालिका–४ सुलिचौरमा पुनमाथि गोली हानिएको भन्दै दुःख व्यक्त गरेको छ । हत्यामा संलग्नलाई तत्काल नियन्त्रणमा लिई कडाभन्दा कडा कारवाही गर्न नेपाल तरुण दल माग गरेको छ ।

हत्यारालाई नियन्त्रणमा लिएर कारवाही नगरे तरुण दलले देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । उता हत्याको विरोधमा रोल्पा जिल्ला बन्द गरिएको छ । तरुण दलको आह्वानमा भएको बन्दका कारण त्यहाको जनजीवन पूर्णरुपमा प्रभावित भएको प्राप्त समाचारमा जनाइएको छ ।

पूर्व वाइसिएल निकट देव बहादुर घर्तीले रेष्टुरेन्टमा सामान्‍य विवाद हुने क्रममा उनको गोली हानी हत्या गरेका हुन।जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घर्तीलाई अहिले प्रहरी नियनन्त्रमा लिइएको छ। पुन २९ वर्षका थिए।३० वर्षीय घर्तीले रोल्पा सुली चौरस्थित इलाका प्रहरी कार्यालको सय मिटर दूरीमै पुनको गोली हानी हत्‍या गरेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार