मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टी : १ जनाको मृत्यु

५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु हुँदा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। हाल देशभर ३८३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया