मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

एसीसी प्रिमियर कप : युएइद्वारा सिंगापुर पराजित

युएइले सिंगापुरलाई २ सय १ रनको फराकिलो अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः काठमाडौँमा जारी एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपमा युएइले सिंगापुरलाई पराजित गरेको छ ।

टियु मैदान कीर्तिपुरमा भएको खेलमा युएइले सिंगापुरलाई २ सय १ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

युएइले दिएको ४ सय ७२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७० रन मात्र बनायो । टस जितेर पहिले ब्याटिङ गरेको युएई अन्तिम बलमा अलआउट हुँदै ४ सय ७१ रन बनाएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया