मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

ए डिभिजन लिग : आर्मीले चर्च ब्वाइजलाई हरायो

आर्मी १२ खेलमा १९ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः शहीद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडलाई हराएको छ ।

आज मङ्गलवार दशरथ रङ्गशालामा भएको खेलमा आर्मीले चर्च ब्वाइजलाई १–० गोलले हरायो । आर्मीका लागि जिल्स्पीजंग कार्कीले गोल गरे ।

यो जितसँगै आर्मी १२ खेलमा १९ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चर्च ब्वाइज उति नै खेलमा १८ अङ्कसहित चौथो स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया