असोज १९, २०८३ सोमबार October 5, 2026

पर्साको १४ जना कोरोना संक्रमित ४३ जनाको समूहमा बाग्लुङबाट आएका थिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वीरगञ्ज । नेपालमा मंगलबार मात्रै ५७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए। जसमध्ये ३९ जना पर्साका, ९ जना रुपन्देहीका, ८ जना कपिलवस्तुका र १ जना बाराका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

पर्सामा थपिएका ३९ जना नयाँ संक्रमितमध्ये १४ जना पर्साकै छिपहरमाई गाउँपालिकाका हुन् भने बाँकी २५ जना वीरगञ्ज महानगरापालिकाका हुन्।

पर्साको छिपहरमाई गाउँपालिकामा थपिएका १४ जना नयाँ संक्रमित गत वैशाख १३ गते बाग्लुङबाट पर्सा आएको खुलेको छ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार उनीहरु ४३ जनाको समूहमा वैशाख १३ गते बस चढेर बाग्लुङबाट पर्साको छिपहरमाई गाउँपालिका आएका हुन्।

उनीहरु कामको शिलशिलामा बाग्लुङ पुगेको सचिव घिमिरेले बताएका छन।

छिपहरमाई गाउँपालिकाका स्वास्थ्य संयोजक शम्भु साहले उनीहरु बाग्लुङबाट आएपछि ४३ जनालाई नै क्वारेन्टाइनमा राखिएको जानकारी दिएका छन।

साहका अनुसार उनीहरुलाई गाउँपालिकाकै भिस्वामा रहेको मंगल माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार
किताब बगाएपछि बालबालिकालाई पढाइको पीर
२०८३ असोज १९, सोमबार