वैशाख १३, २०८१ बिहिबार April 25, 2024

अब गठबन्धन गरेर मात्रै निर्वाचन जितिन्छ भन्ने अवस्था रहेन  : गेजा शर्मा वाग्ले (अन्तवार्ता)

आफ्नै एजेन्डा र बलमा आफूहरूमाझ आउने दललाई जनताले विश्वास गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

उपनिर्वाचनको पूर्ण परिणामलाई कसरी विश्लेषण गर्न सकिन्छ ?

मूलधारका पार्टी र शीर्ष नेतृत्वले पटकपटक अवसर पाएर पनि डेलिभरी दिन नसकेकोप्रति जनताको ठूलो वितृष्णा मतबाट प्रकट भएको छ । जसका कारण नयाँ र वैकल्पिक शक्तिले अघि आउने मौका पाएका छन् । यसले मूलधारका ठूला र पुराना पार्टीलाई स्पष्ट रूपमा सच्चिन सन्देश दिएको छ ।

यसलाई गठबन्धनको हारका रूपमा  लिन सकिन्छ कि सकिन्न ?

४ मंसिरको निर्वाचनमा पनि गठबन्धनले अपेक्षाकृत जनसमर्थन पाउन सकेको थिएन । उपनिर्वाचनले त गठबन्धनलाई पूर्ण रूपमै अस्वीकार गरेको छ । गठबन्धन असफल भएको छ । अब गठबन्धन गरेर मात्रै निर्वाचन जितिन्छ भन्ने अवस्था रहेन । आफ्नै एजेन्डा र बलमा आफूहरूमाझ आउने दललाई जनताले विश्वास गरेका छन् । गठबन्धन गर्दा पनि २ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित निकालेको छ । बारामा पनि गठबन्धनको बलमा चुनाव लडेका उपेन्द्र यादवलाई जनमत पार्टी एक्लैले कडा टक्कर दिनुले यसलाई स्पष्ट पारेको छ ।

उपनिर्वाचनबाट सिट गुमाएको कांग्रेसलाई  परिणामले के सन्देश दिएको छ ? 

विशेषगरी मंसिरको निर्वाचनबाट पहिलो पार्टी बनेको कांग्रेसले उपनिर्वाचनसँगै त्यो विश्वास पनि गुमाएको छ । कांग्रेसलाई सुधार र रूपान्तरण हुन स्पष्ट सन्देश दिएको छ । सच्चिन नसके कांग्रेसको विकल्पमा अरू लोकतान्त्रिक पार्टीलाई जनताले समर्थन गर्नेछन् । यसले, अब कांग्रेसमा भिजनसहितको नेतृत्व आवश्यक छ भन्ने देखाएको छ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रिमियम लिगका दुइ खेलाडी माथी बलात्कारका आरोप
२०८१ वैशाख १३, बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
२०८१ वैशाख १३, बिहिबार
आठ बर्ष पछि अमिर खान फिल्म प्रोडक्सनमा कमब्याक, दिल्लीमा सुरू भयो सुटिङ
२०८१ वैशाख १३, बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल
२०८१ वैशाख १३, बिहिबार
आज मनमोहन अधिकारीको २५ औँ स्मृति दिवस मनाँईदै
२०८१ वैशाख १३, बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
२०८१ वैशाख १३, बिहिबार
स्पेनका बामपन्थी प्रधानमन्त्रीकी श्रीमती माथी भ्रष्टचारको आरोप
२०८१ वैशाख १३, बिहिबार