मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

आत्मघाती गोलमा चेल्सीको पराजय, लगातार पाँचौ हारको रेकर्ड

कतैवाट पनि थप गोल हुन नसके पछि खेल पहिलो हाफमा १–० मा नै टुंगियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः ईंगलिस प्रिमियर लिगको जारी खेलमा चेल्सी पराजित हुन पुगेको छ ।

घरेलु मैदानमा नै चेल्सी ब्रेन्टफर्डसँग २–० ले पराजित हुन पुगेको हो । चेल्सीको यो लगातार पाँचौं हार हो ।

स्टामफोर्ड ब्रिजमा बुधवार राती भएको भएको खेलको ३७औं मिनेटमा चेल्सीका कप्तान सिजर एज्पिलिक्वेटाको आत्मघाती गोल गरेर टोलीलाई पछि पारेका थिए । अन्ततः कतैवाट पनि थप गोल हुन नसके पछि खेल पहिलो हाफमा १–० मा नै टुंगियो ।

दुबै टोली एक अर्काको पोष्टमा गोल हान्नका लागि दबाब बढाए पनि सफल हुन सकेनन्  । तर, खेलको ७८औं मिनेटमा ब्रेन्टफर्डका ब्रायनले गोल थप गरे पछि खेल अन्तत २–० मा टुंगियो ।

यस पराजयसँगै चेल्सी ३२ खेलबाट ३९ अंक जोडेर ११औं स्थानमा छ भने ब्रेन्टफर्ड ३३ खेलबाट ४७ अंक जोडेर नवौं स्थानमा उक्लिन पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया