भाद्र ४, २०८३ बिहिबार August 20, 2026

प्रतिनिधिसभाको बैठक बस्दै (सम्भावित कार्यसूची)

संबैधानिक परिषद सम्बन्धी बिद्येयकमा कार्यसुची मै अटेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संबैधानिक परिषद सबन्धी बिद्येयकमाथी आज पनि छलफल नहुने भएको छ । प्रतिनिधिसभाको सम्भावित कार्यसुचीमा आज पनि सो बिद्येयक समावेश नभए पछि छलफल नहुने भएको हो ।

यसअघिको बैठकमा सो बिद्येयक माथी छलफल गर्ने भनेर सम्भावित कार्य सुचीमा समावेश गरिएपनि अन्तिम समयमा हटाईएको थियो । अघिल्लो बैठकमा कार्यसुचीवाट हटाइएको सो बिद्येयक आज आउने अपेक्षा गरिएको थियो ।

सो बिद्येयक पारित हुन नसक्दा सर्वोच्च अदालतमा प्रधानन्यायधिस नियुक्त हुने बाटो खुल्न अझै सकेको छैन् । कायममुकायम प्रधानन्यायधिसवाट चल्दै आएको न्यायलयलाई नेतृत्वविहिन अवस्थावाट मुक्त गराउनका लागि सो बिद्येयक पारित हुनु अनिवार्य छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संबैधानिक परिषदका अध्यक्ष (प्रधानमन्त्री) लाई बिशेषाधिकारीसहितको सर्त राखेर बिद्येयकको प्रस्ताव गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने आपत्ति जनाएको छ । जसका कारण सो बिद्येयक संसदमा पेश हुन सकिरहेको छैन् ।

तर, आजको बैठकमा संघीय संसद अन्तर्गतका संयुक्त तथा प्रतिनिधिसभा अन्तर्गतको बिषयगत समितिका सदस्यहरुको नाम भने मनोनयन हुने भएको छ ।

आज संसदले सार्वजनिक गरेको सम्भावित कार्यसुचीमा संसदीय समितिमा सदस्य मनोनयन मात्रै हुने उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध’ – मुख्यमन्त्री यादव
२०८३ भाद्र ४, बिहिबार
राजकुमार ह्यारीकाे परिवार अमेरिकावाट बेलायत फर्कदै
२०८३ भाद्र ४, बिहिबार
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा
२०८३ भाद्र ४, बिहिबार
अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो
२०८३ भाद्र ४, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
२०८३ भाद्र ४, बिहिबार
प्योङयाङद्वारा छोटो दूरीका केही ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
२०८३ भाद्र ४, बिहिबार
चुनाव जितेर संसद् छिर्दैमा ‘जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा
२०८३ भाद्र ४, बिहिबार